बिहारको रोचक राजनीति : नितिश कुमार एनडीएमा जालान् ? « Khabarhub

बिहारको रोचक राजनीति : नितिश कुमार एनडीएमा जालान् ?


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा नयाँ राजनीतिक घटनाक्रम विकास भएको छ ।

बिहारमा मुख्यमन्त्री नितिश कुमारको जनता दल युनाइटेड (जेडियू) ले कांग्रेस र राष्ट्रिय जनता दल (आरजेडी) सम्मिलित ‘महागठबन्धन’ परित्याग गरी भारतीय जनता पार्टी भाजपासँग मिलेर सरकार बनाउने चर्चा तीव्र भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार जेडियूका नेताहरुले अब बिहारमा मोदी–नितिशबीच सहकार्य आवश्यक रहेको बताउन थालेका छन् ।

बीबीसी हिन्दीका अनुसार जेडियूका बिहार प्रमुख उमेश सिंह कुशवाहाले आफ्नो पार्टी अझै महागठबन्धनको हिस्सा भएको स्पष्ट पारेका छन् । यद्यपि राज्यमा विकसित निकै रोचक राजनीतिक घटनाक्रम विकास भइरहेका छन् ।

जेडियूले महागठबन्धन परित्याग गर्न लागेको हल्लाबीच पूर्वमुख्यमन्त्री लालु यादवका पुत्र एवम् आरजेडीका नेता तेजस्वी यादवको आवासमा आरजेडी विधानमण्डलको बैठक डाकिएको छ । स्रोतलाई उल्लेख गर्दै आज तकले जनाएअनुसार आरजेडीले नितिश कुमार सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । आरजेडीले बिहारका राज्यपाललाई भेटेर समर्थन फिर्ता लिएको जानकारी दिन सक्छ ।

उता, बिहार भाजपाले पनि चाणाक्य होटेलमा बैठक बोलाएको छ भने जेडियूले आइतबारका लागि बैठक बोलाएको छ । यसैबीच, भाजपा नेतृत्वका राष्ट्रिय गणतान्त्रिक गठबन्धन एनडीएमा सामेल अन्य साना दलका नेताहरु पनि विभिन्न बैठक तथा भेटवार्तामा व्यस्त रहेको आज तकले जनाएको छ ।

तीव्र गतिमा राजनीतिक घटनाक्रम परिवर्तन भइरहेको अवस्थामा बिहार सचिवालय तथा बिहार राजभवनमा आइतबारको साप्ताहिक विदा रद्द गरिएको छ ।

सन् २०१४ को निर्वाचनअघि सन् २०१३ मा नितिश कुमार एनडीएबाट अलग भएका थिए । पछि उनले आरजेडी र कांग्रेससँग मिलेर महागठबन्धन बनाएका थिए । पछि सन् २०१७ मा फेरि नितिशले महागठबन्धन परित्याग गरी एनडीएसँग मिल्न पुगेका थिए । त्यसको केही समयपछि उनी पुनः महागठबन्धनमा फर्किएका थिए ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ४ : १२ बजे

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का

परराष्ट्रमन्त्री खनाल र चिनियाँ मन्त्री लिउ हाइसिङबीच भेटवार्ता, भने-सम्बन्ध सुदृढीकरणबारे कुरा भयो

काठमाडौं- बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले

आजका समाचार : संसद्‌मा विपक्षीको विरोध कायमै, अझै बनेन संसद् हल, पाँच प्रदेशले ल्याए बजेट र मध्यपूर्व तनाव घट्ने, अमेरिका-इरानबीच सम्झौता

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीले मागे सरकारको जवाफप्रतिनिधिसभाको आजको बैठकमा