मंगोलियामा ग्यास ट्यांकर विस्फोट, चार जनाको मृत्यु « Khabarhub

मंगोलियामा ग्यास ट्यांकर विस्फोट, चार जनाको मृत्यु


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौंमंगोलियाको राजधानीमा भएको ग्यास ट्यांकर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको राष्ट्रिय ट्रमा तथा अर्थोपेडिक रिसर्च सेन्टरले शनिबार जनाएको छ ।

विस्फोटका कारण शरीरको ८०-९०  प्रतिशत भन्दा बढी जलेका एक नागरिकको शुक्रबार राति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  केन्द्रले विज्ञप्तिमार्फत् जनाएको छ । 

करिब ६० टन ग्यास बोकेको एउटा ट्यांकर बुधबार राजधानीको दक्षिणपूर्वी जिल्लाको एक चोकमा विस्फोट भएको प्रहरीले जनाएको छ । केन्द्रका अनुसार विस्फोटका क्रममा अन्य दश  जनाभन्दा बढी घाइते भएका छन् ।

विस्फोटका कारण ३० भन्दा बढी सवारी साधनहरू जलेको तथा नजिकैका भवनहरू आंशिक रूपमा क्षतिग्रस्त भएको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायले जनाएको छ । प्रहरीले विस्फोटको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ । 

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ५ : २६ बजे

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी– खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको

अवैध क्रसरबाट स्थानीय पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

त्रिशूली– यहाँको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी पीडित

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी– बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा १० वटा