नेपाल–भारतबीचको सम्बन्ध सुमधुर ढङ्गबाट अघि बढिरहेको छ : मन्त्री साउद « Khabarhub

नेपाल–भारतबीचको सम्बन्ध सुमधुर ढङ्गबाट अघि बढिरहेको छ : मन्त्री साउद


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल–भारतबीचको सम्बन्ध सुमधुर र अद्वितीय ढङ्गबाट अघि बढिरहेको बताएका छन् । भारतको ७५औँ गणतन्त्र दिवसका असरमा नेपाल–भारतमैत्री समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जनस्तरमा समेत प्रगाढ रहेको सम्बन्धलाई थप सुमधुर तुल्याउन विभिन्न कालखण्डमा उठेका प्रश्नलाई वार्ता र छलफलका आधारमा निष्कर्षमा पुर्‍याइने धारणा राखे ।

मन्त्री साउदले भने, “दुई देशबीचको सन् १९५० को सन्धि र सीमा बहुआयामिक विषय भएकाले जनताका हित हुनेगरी वस्तुगत र व्यावहारिक भएर निर्णयमा पुग्नुपर्छ ।” दुवै देश मित्रशक्ति भएकाले मिलेर जान नसकिने कुरा सोच्न पनि नसकिने बताउँदै उहाँले दुवै देशका सीमाक्षेत्रमा रहेका नागरिकप्रति असल व्यवहार र संस्कार प्रदान गर्न सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई तालिम र प्रशिक्षणको खाँचो औँल्याए ।

परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हालेपछि भएका भेटघाट र भ्रमणमा भारतीय नेताहरू र नागरिकमा नेपाल र नेपालीप्रति सहृदय देखेको बताउँदै मन्त्री साउदले सुस्ता र कालापानीका विषयमा पनि भारतीय पक्षले हार्दिकताकासाथ कार्यदलमार्फत काम ठोस रूपमा अघि बढोस् भन्ने मनसाय आफूले पाएको बताए । उनले भने, “नेपाल र भारत एउटै सांस्कृतिक विरासतमा रहेका मुलुक हुन् । दुई देशबीच सदियौँ पुरानो अन्योन्याश्रित सम्बन्ध छ । भाषा, भूगोल र संस्कृतिले जोडेको छ, यो सम्बन्ध समृद्धि, विकास र शान्तिका लागि प्रयोग गरिनुपर्छ ।”

विगत ७५ वर्षमा आर्थिक विकास र समृद्धिका हिसाबले भारत विश्वका अन्य देशका लागि आदर्शकै रूपमा रहेको बताउँदै मन्त्री साउदले दुवै छिमेकी मुलुक आपसी हितका आधारमा सम्बन्धलाई थप अनुपम बनाएर अघि बढिरहेको उल्लेख गरे । त्यस अवसरमा पूर्वउपराष्ट्रपति परमानन्द झाले दुवै देशबीचको सम्बन्ध केन्द्रमा मात्र नभई क्षेत्रगतरूपमा समेत थप प्रगाढ तुल्याउनतर्फ मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले मानव जातिका सबै चुनौती सामना गर्न नेपाल–भारतबीच मिलेर काम गर्न आवश्यक रहेको विचार प्रकट गरे । भारतले औद्योगिकरण, आर्थिक वृद्धि, सूचना प्रविधिको विकासमा ठूलो फड्को मारेको बताउँदै उनले समान भाषा र संस्कृति भएको हुनाले दुवै देशले मिलेर सबैखाले चुनौतीलाई सामना गरी अघि बढ्नुपर्ने अहिलेको खाँचो औँल्याए । नेकपा (एमाले)का नेता डा राजन भट्टराईले नेपाल र भारत छिमेकीमात्र नभई बहुआयामिक विशिष्ठतासहितका हितैसी सम्बन्ध रहेको बताए ।

उनले भने, “भारतसँग आर्थिक, सांस्कृतिक, समाजिक, सभ्यताका हिसाबले जोडिएका छौँ, त्यो सम्बन्धलाई अहिलेको चेतना र बुझाइअनुरुप परिभाषित गर्दै सुमधुर र प्रगाढ तुल्याउने हिसाबले अघि बढनुपर्छ ।” लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुवै देशबीच भाषा, संस्कृति, धर्म समान रहेकाले विशेषखाले सम्बन्ध रहेको बताए ।

उनले भने, “छिमेकी मुलुक भारत विश्वमै सम्पन्नतातर्फ उन्मुख भइरहेका बेला छिमेकमा रहेको नेपाल भने विपन्नताबाट स्तरोन्नति हुन नसक्नु चिन्ताको विषय हो । राजनीतिक स्थिरता कायम गरी नेपालले अघि बढ्नुपर्ने अहिलेको खाँचो छ ।”

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ७ : ०४ बजे

लोप हुँदै थारु समुदायको ‘ढकिया’

तुलसीपुर– थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक हुँदै : १० बजे पत्रकार सम्मेलन

काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू शुक्रबार सार्वजनिक गर्ने

मेक्सिको विश्वकपको नकआउटमा

काठमाडौँ – सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम