नेपाली सेना फोटो प्रदर्शनीको दश हजारले गरे अवालोकन « Khabarhub

नेपाली सेना फोटो प्रदर्शनीको दश हजारले गरे अवालोकन


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी करिब १० हजार जनाले अवलोकन गरेका छन् ।

नेपाली सेनाद्वारा सेना दिवसका अवसरमा जङ्गीअड्डा परिसरमा आयोजित पाँच दिनसम्म सञ्चालित उक्त प्रदर्शनीे १० हजार जनाले अवलोकन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको हो ।

माघ ९ देखि १३ गतेसम्म सञ्चालन रहेको प्रदर्शनीमा सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने डकुड्रामा, फोटो, हातहतियार र उपकरणहरू राखिएको थियो ।

प्रदर्शनीमा सैनिकसम्बन्धी पोशाक, ब्याण्ड, हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद तथा विद्यालयलगायतको विविध गतिविधि र श्रव्यदृश्य सामग्रीसमेत राखिएको थियो ।

प्रदर्शनीबाट अवलोकनकर्तालाई सेनाको ऐतिहासिक विकासक्रम र वर्तमान समयमा निर्वाह गरिरहेको भूमिकाबारे जानकारी दिइएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ८ : ३४ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी