प्रहरी महानिरीक्षक सम्मानित « Khabarhub

प्रहरी महानिरीक्षक सम्मानित


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजन अधिकारी सम्मानित भएका छन् ।

भरतपुर–५ रहेको प्रहरी–नागरिक साझेदारी अभियान नेपाल (पिटुसिटु)को दोस्रो साधारणसभा तथा पहिलो अधिवेशन अवसर पारेर भरतपुर महानगर प्रमुख रेनु दाहालले उनीहरुलाई सम्मानपत्रसहित ढोसल्ला ओढाइ सम्मान गरीन् ।

सडक बालबालिका उत्थान र विकासका लागि पिटुसिटुको स्थानीयसँगै सडक बालबालिका मुक्त समाज निर्माणमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको पिटुसिटुका कोषाध्यक्ष निर्देश सेढाईँले जानकारी दिए ।

चितवनमा प्रहरी प्रमुख हुँदा आइजिपी कुँवर र जिल्ला प्रवक्ता हुँदा एसएसपी अधिकारी प्रत्यक्ष संलग्नतामा यहाँ पिटुसिटु स्थापना भएको थियो । विसं २०७२ को असोजमा चितवन प्रहरीमार्फत सडक बालकको व्यवस्थापन गराउने अभियान थालेकामा २०७३ वैशाख १ गते विधिवतरूपमा स्थापना भएको थियो ।

महानगर प्रमुख दाहालले बालबालिकाका क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील रहेको बताइन् । महानगरले बालबालिका क्षेत्रमा धेरै काम गर्दै आइरहेको उनले उल्लेख गरीन् । महानगरले बालबालिकालाई शिक्षाबाट बञ्चित नहुन परोस् भनेर अटिजम विद्यालय, पक्षघात भएकालाई भरतपुर–२६ मा स्रोत केन्द्र सञ्चालनमा ल्याएको बताइन् ।

यस्तै बुवाआमा नभएका बालबालिकालाई सडकसम्म आउन नदिन महानगरले एसओएस स्कुललाई सिफारिस गरी निःशुल्क अध्ययनको व्यवस्था मिलाउने गरी महानगर र विद्यालयबीच सम्झौता भएको उनले बताइन् ।

महानिरीक्षक कुँवरले बालबालिका विश्वमै संवेदनशील र जोखिममध्येको समूहमा पर्ने बताउनुभयो । पारिवारिक असम्झदारी, झगडा, कुनै देशबीच हुने युद्धका कारण सधैँ उच्च जोखिममा जाने हिंसा शोषण र दुव्यवहार सहन बाध्य हुने गरेको उल्लेख गरे।

उनीहरू नबोलेर पीडा व्यक्त गर्न सक्दैनन् भने वयस् ले जस्तो विरोध गर्न पनि सक्दैनन् । त्यसैले राज्यको नीति निर्माण गर्ने तह यो विषयमा गम्भीर हुन जरुरी रहेको महानिरीक्षक कुँवरले बताए ।

अभिभावकविहीन अवस्थाका बालकलाई प्रक्रिया पुर्याएर पिटसिटुमा राख्ने व्यवस्था मिलाएको छ । पिटुसिटुले हालसम्म करिब ८० जना बालकलाई परिवारसँग पुनःमिलन गराइसकेकामा हाल ४० जना संरक्षित बालक रहेका पिटुसिटुमा रहेको अध्यक्ष बेलबहादुर गुरुङले बताए ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  १० : २६ बजे

गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

बागलुङ– एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोनक

कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता

कर्णाली– कर्णाली प्रदेश सरकारसहित सरोकार भएकाहरूले प्रदेशको विकासका लागि पाँच

दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै : सन्दीपको बलिङलाई कसले रोक्ने ?

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स

मनोनयन दर्ता गर्दा उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने

काठमाडौं – अब निर्वाचन अगाडि मनोनयन पदत्र दर्ता गर्दा उम्मेदवारले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर