आज २०८० साल फागुन १५ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८० साल फागुन १५ गते मंगलबारको राशिफल


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


13.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज २०८० साल फागुन १५ गते मंगलबार तदनुसार सन् २०२४ फेब्रुअरी २७ तारिख । कृष्ण पक्षको तृतीया तिथि । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ । खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : समय राम्रो छ । कर्मको मर्यादामा गरेको कामबाट सफलता मिल्नेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ हुनेछ । परिवारको साथ रहनेछ । तपाईंले परोपकार गर्नुपर्नेछ ।

वृष : दिन राम्रो छ । लगानी भएका क्षेत्रको काम अगाडि बढ्नेछ । भूमि सम्बन्धी काममा फाइदा हुनेछ । शिक्षामा सम्मान हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ । वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ ।

मिथुन : दिन सामान्य छ । चन्द्रमा छायामा परेका छन् । आजको दिन ठूलाठूला काममा हात लगाउनु ठिक हुँदैन । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । पारिवारिक साथ र सहयोग रहने छ ।

कर्कट : दिन राम्रो छ । स्वदेश तथा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्नेछ । रोगको प्रकोप बढ्ने देखिन्छ । खानपानको ख्याल गर्नुपर्नेछ । परिवारको सहयोग मिल्नेछ ।

सिंह : दिन राम्रो छ । चन्द्रमा दाहिना छन् । लगानीका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ । व्यापारमा फाइदा हुनसक्छ । गुरुले सहयोग नगर्ने दिन छ । परिवारमा खटपटी हुने जोखिम छ ।

कन्या : दिन राम्रो छ । शिक्षाबाट उत्साह बढ्नेछ । स्वदेशी लगानीमा सफलता मिल्नेछ । पारिवारिक र सामाजिक क्षेत्र सबल रहेको छ । आर्थिक क्षेत्रमा उन्नति हुनेछ । मनमा उत्साह लिनुपर्नेछ ।

तुला : दिन राम्रो छ । आफ्नो मूल्य बुझ्नुपर्ने दिन हो । खानापानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । अन्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । ठूला कामको सुरुवात गर्नु राम्रो हुन्छ । परिवार र समाजले प्रशंसा गर्नेछन् ।

वृश्चिक : दिन सामान्य छ । अरुको समस्या नबुझ्दा आलोचित हुनुपर्ने देखिन्छ । सामाजिक र आर्थिक काम विवादित रहने छन् । नित्यकर्म समान ढंगले चल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : दिन राम्रो छ । लगानी गरेका क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक सेवा गर्ने अवसर आएको छ । मित्रबाट सहयोग मिल्नेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : आजको दिन सामान्य राम्रो छ । बोलीको प्रभावले हरेक काम बन्नेछन् । सामाजिक क्षेत्रमा भने विवाद हुनेछ । साथीबाटै असहयोग भए पनि परिवारबाट साथ र सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रबाट फाइदा हुने योग छ ।

कुम्भ : दिन राम्रो छ । गुमेको सम्पत्ति प्राप्त हुनेछ । मित्रले सहयोग गर्नेछन् । लगानीको क्षेत्रबाट फाइदा हुनेछ । परिवारबाट भने असहयोग हुने खतरा छ । व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ ।

मीन : दिन सामान्य राम्रो छ । शनिदेवको प्रभावले आम्दानी भन्दा खर्च बढ्नेछ । लगानी गरेको क्षेत्रमा उथलपुथल आउन सक्छ । समाजबाट तिरस्कार भोग्नुपर्ने देखिन्छ । दिन राम्रो नभएकाले सचेत भएर काम गर्नुपर्नेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ५ : ४६ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला