भारतलाई पछ्याउदै अमेरीका, चन्द्रमामा अवतरित यानले धुलोको अध्यायन गर्ने « Khabarhub

भारतलाई पछ्याउदै अमेरीका, चन्द्रमामा अवतरित यानले धुलोको अध्यायन गर्ने


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी निजी अन्तरिक्ष कम्पनी ओडिसियसको ल्यान्डरले चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको ।

अमेरिकाको ह्युस्टनस्थित निजी कम्पनी इन्ट्युसिभ मसिन्सको ल्यान्डर ओडिसियसले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको हो ।

योसँगै ओडिसियस चन्द्रमामा अवतरण गर्ने निजी कम्पनीको पहिलो अन्तरिक्षयान बनेको छ ।

इन्ट्युसिभ मसिन्सको ल्यान्डर सफलतापूवर्क अवतरण भएसँगै चन्द्रमाको दक्षिणी ध्रुवमा ल्यान्डर अवतरण गर्ने अमेरिका भारतपछि दोस्रो मुलुक बनेको छ ।

गत अगस्ट २३, २०२३ मा भारतको चन्द्रयान–३ सफलतापूर्वक दक्षिण ध्रुवमा अवतरण भएको थियो ।

चन्द्रमामा रहेको धुलोको परिक्षण गर्ने
ओडिसियस मुन मिशनको उद्देश्य चन्द्रमामा रहेको धुलोको अध्ययन गर्नु हो । खासमा पहिलो अमेरिकी चन्द्र अभियान अपोलो मिसनका अन्तरिक्षयात्रीहरूले चन्द्रमाको धुलोका कारण आफ्नो उपकरण बिग्रिएको बताएका थिए ।

त्यसकारण अब वैज्ञानिकहरूले अन्तरिक्ष यान अवतरण गर्दा उडेको धुलो हावामा कसरी रहन्छ र त्यसपछि चन्द्रमाको सतहमा कसरी बस्छ भन्ने अध्ययन गर्न चाहन्छन् ।

अवतरण भएको ठाउँमा मानिस पठाउने तयारी
बीबीसीका अनुसार ल्यान्डर ओडिसियसले अवतरण गरेको ठाउँलाई मालापर्ट भनिन्छ । त्यस ठाउँमा घामको किरण पुग्दैन ।

यो खाडल नजिकैको समतल ठाउँ हो । त्यस ठाउँमा पानी भएपनि बरफको रुपमा रहेको वैज्ञानिकहरुको विश्वास छ ।

यो क्षेत्र अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आर्टेमिस मिशन अन्तर्गत अन्तरिक्ष यात्रीहरू पठाउने विचार गरिरहेका ठाउँहरूको सर्टलिस्टमा छ ।
स्रोत : अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ७ : ०९ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको