निशा र शरदको घरझगडा : डिभोर्स नगरी अंश « Khabarhub

निशा र शरदको घरझगडा : डिभोर्स नगरी अंश


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री निशा अधिकारीले आफ्ना पति पूर्वक्रिकेटर शरद भेषवाकरसँग सम्बन्धविच्छेद नगरी एक तिहाइ सम्पत्ति अंश पाउने भएकी छिन् ।

निशाले पतिविरुद्ध हालेको अंश चलनको मुद्दामा काठमाडौँ जिल्ला अदालतले अंश दिलाउने फैसला सुनाएको हो ।

निशाले विसं २०७९ साल भदौमा पतिसँग सम्बन्धविच्छेद नगरी छोरा युभान र आफ्नो अंशवापत शरदबाट तीन भागमा दुई भाग सम्पत्ति पाउनुपर्ने दाबीसहित मुद्दा दायर गरेकी थिइन् ।

न्यायाधीश शिशिर ढकालको एक इजलासले निशाको सो माग दाबीमा इन्कारी फैसला सुनाएको छ । फैसलामा निशा र युभानले एक–एक भाग पाउने उल्लेख छ । फैसलाअनुसार युभान साबालक नभएसम्म उनको अंशको संरक्षक बुबाआमा दुवै हुनेछन् ।

छोरा युभान आफ्नो एकल संरक्षणमा हुनुपर्ने निशाको माग थियो । तर अदालतले युभान दुवैको संरक्षणमा हुने फैसला सुनाएको छ ।

विभिन्न समयमा अदालतले शरदका नाममा रहेको चलअचल सम्पत्ति रोक्का गरेको थियो ।

निशाले अंश नपाउन्जेलसम्म माना चामल वापत शरदले ४१ हजार छुट्याउनुपर्ने फैसलामा उल्लेख छ । निशाले माना चामल वापत एक लाख रुपैयाँ पाउनुपर्ने दाबी गरेकी थिइन् ।

अदालत प्रशासनका अनुसार गत मंसिर २८ गते सो मुद्दाको फैसला भएको हो । मुद्दाको प्रमाणीकरण भने माघ १९ गते भएको पाइन्छ ।

निशाले दायर गरेको फिराद पत्रमा विवाह भएको केही समयपछि नै पतिसँग राम्रो सम्बन्ध नभएको उल्लेख छ । सोही समयदेखि शरद र निशा बेग्लै बस्दै आएका छन् ।

शरद र निशाले २०७४ साल जेठमा प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ९ : २१ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले