सम्झनामा भक्तराज आचार्य : यी हुन् उनका कालजयी गीत « Khabarhub

सम्झनामा भक्तराज आचार्य : यी हुन् उनका कालजयी गीत


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्य सोमबार ८२ वर्षको उमेर यस धर्तीबाट बिदा भए । शरीरमा अक्सिजनको कमी भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै उनको निधन भयो ।

स्वरसम्राट नारयाणगोपलका समकालीन स्रष्टा आचार्यमाथि २०४६ साल मंसिरमा संघातिक हमला भएको थियो । त्यसपछि उनी सङ्गीतबाट टाढा रहे ।

२०५० सालमा जिब्रोको क्यान्सरका कारण संगीतबाट टाढा मात्रै होइन राम्रोसँग बोल्न पनि नसक्ने भए । त्यसयता उनले झोलिलो पदार्थको सहारामै जीवन काटे ।

आचार्यको औपचारिक गायकी यात्रा भने विसं २०३० सालबाट भएको पाइन्छ । ‘होसियार यस बखत समयको मुखलाई चिन’ बोलको गीत गाएर उनले ‘अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिता’मा स्वर्ण पदक प्राप्त गरेका थिए ।

त्यसपछिको १६ वर्ष उनी सङ्गीतमा सक्रिय भएर लागे । यस दौरानमा उनले ४ सयभन्दा बढी गीतमा स्वर र संगीत दिए ।

आचार्यका कालजयी गीतहरू
आचार्य आफ्नो जीवनको पछिल्लो ३४ वर्ष संगीतबाट टाढा रहे तर उनका धेरै गीतहरू आज पनि युवा पुस्ताको मुखमा झुन्डिरहेका छन् । अर्थात् उनका कालजयी गीतको सूची लामो छ ।

उनका ‘मुटु जलिरहेछ, यो मन गलिरहेछ’, ‘हजार सपनाहरुको माया लागेर आउँछ’, ‘जहाँ छन् बुद्धका आँखा,’ ‘आँशुजस्तो हो जीवन’,  ‘जति चोट दिन्छौ देउ मायालु’, ‘जीवन भनुँ त घात छ’, ‘सबै बेहोसी नसा पिएर’, ‘हजार आँखा हेर्ने मेरी मयालु’, ‘भुल्नै सकिन त्यो क्षण मिलनको’, ‘कोही नगरोस् प्रेम अमर’लगायत लोकप्रिय रहेका छन् ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  १२ : ४४ बजे

मुटुरोग उपचार शिविरमा साढे चार सयको निःशुल्क परीक्षण

पर्वत– पर्वतको कुश्मानगरपालिका–१२ ठूलीपोखरीमा शनिबार सञ्चालित एकदिने मुटुरोग परीक्षण शिविरमा

म्याग्दीको जलजला आलुको बीउमा आत्मनिर्भर

म्याग्दी– जिल्ला सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका बीउ आलुमा

ओली मनोमानी ढङ्गले अगाडि बढे प्रतिवाद गर्छौं : उषाकिरण

काठमाडौं – नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तेम्सेनाले अध्यक्ष ओलीले

‘जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न प्रतिबद्ध बनौँ’

काठमाडौं– उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना

अस्पताल निर्माणलाई बन्धक राख्नु हुँदैन : कुलमान घिसिङ

पोखरा – कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको