देश बनाउने दायित्व रास्वपाले पूरा गर्छ : उपसभापति अर्याल « Khabarhub

देश बनाउने दायित्व रास्वपाले पूरा गर्छ : उपसभापति अर्याल


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रबि लामिछानेले जनताले परिवर्तनको कसम खाने हो भने मुलुक परिवर्तन हुने बताएका छन् । साेमबार कपिलवस्तुको जीतपुरस्थित बुद्ध रंगशालामा रास्वपाले आयोजना गरेको खुलासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भने– ‘म शक्तिशाली जनता हुँ, दास होइन। नोकर होइन। म लोभी होइन। रक्सी–मासुमा भोट बेच्नेवाला होइन। म सचेत नागरिक हुँ भनेर कसम खान सक्नुहुन्छ? र, त्यो कसम चार वर्ष टिकाउन सक्नुहुन्छ? सक्नुहुन्छ भने यो देशमा परिवर्तन कसैले पनि रोक्न सक्दैन।’

यस्तै उनले एक कार्यकाल बहुमतको सरकार चलाएर आफूले भनेका कुरा पूरा गर्न नसके राजनीतिबाटै अलग हुने समेत बताए । 

उनले भने, ‘राम्रो गरुन्जेल घण्टी बजाउनुस्। नराम्रो गर्दा घण्टीले हामीलाई नै बजाइदिनुस्।’

कुनै षड्यन्त्रले पार्टीले यात्रा रोकियो भने पार्टी बनाउने जिम्मा जनतालाई दिने उनको भनाई छ । यस्तै उपसभापति डीपी अर्यालले देश बनाउने दायित्व रास्वपाले पूरा गर्ने दाबी गरे । जनताको आशा र अपेक्षा पूरा गर्न सधैँ इमानदार रहने र नागरिकको अहित हुने काम कहिल्यै नगर्ने उनले भने ।  

उनले भने, ‘रास्वपाविरुद्ध निरन्तर षड्यन्त्र हुन सक्नेमा पार्टी पंक्ति चनाखो हुनुपर्छ सभापति लामिछानेविरुद्धका षड्यन्त्र, लान्छना र आरोपको जनस्तरबाटै प्रतिवाद गर्नुपर्छ । ‘

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  १२ : ५९ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४