इलाम-२ मा चुनावी सरगर्मी बढ्यो « Khabarhub

इलाम-२ मा चुनावी सरगर्मी बढ्यो


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

मंगलबारे– निर्वाचन आयोगले इलाम–२ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनको मिति तोकेसँगै चुनावी सरगर्मी बढेको छ । नेताहरु टिकटका लागि आफ्नो नजिक रहेका नेता भेट्न दौडधुपमा लागेका छन् । 

निर्वाचन आयोगले आगामी वैशाख १५ गते शनिबार उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । गत चुनावमा सत्तारूढ गठबन्धनमा रहेका दल र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच कडा प्रतिस्पर्धा भएको थियो । अर्थात् गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका डम्बर खड्कालाई एक सय १४ मतले पछि पार्दै एमालेका सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । 

सो क्षेत्रबाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य एमालेका उपाध्यक्ष रहेका नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । नेम्वाङको मृत्यु भएपछि यस क्षेत्रमा उपचुनाव हुन लागेको हो । 

यस क्षेत्रका नेताहरू आफू विजयी हुने दाबीसहित प्रदेश र केन्द्रीय तहका नेताकहाँ धाउन थालेका छन् । नेपाली कांग्रेसका तर्फबाट जिल्ला सभापति डम्बर खड्का र महासमिति सदस्य भेषराज आचार्यको नाम चर्चामा रहेको छ । पूर्वजिल्ला सभापति तथा पूर्वसांसद केशव थापा र नगेन्द्र कुमालको नाम चर्चामा आउने गरेको छ ।

एमालेबाट स्व नेम्वाङका छोरा सुहाङ नेम्वाङको समेत चर्चा छ । जिल्ला सचिव उमेश गुरुङ, उपसचिव रवीन्द्र सुवेदीको उत्तिकै चर्चा छ । स्व नेम्वाङका पूर्वस्वकीय सचिव बुद्धि खनालको नाम पनि चर्चामा रहँदै आएको छ । 

कांग्रेससँग सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केही नेताको नाम चर्चामा रहेको छ । माओवादी केन्द्रका तर्फबाट प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो), जिल्ला इन्चार्ज कुलप्रसाद लिम्बू, पूर्वजिल्ला इञ्चार्ज धिरेन्द्र शर्मा (रमन), जिल्ला सह–इन्चार्ज कान्छा लावती र जिल्ला अध्यक्ष विजय राईका नाम चर्चामा रहेको छ । 

 राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष खड्गप्रसाद (केपी) पालुङ्वाको नाम चर्चामा रहेको छ । उनी गएको निर्वाचनमा पनि उठेका थिए। उनले सम्मानजनक मत प्राप्त गरेका थिए । पालुङ्वालाई  पहिचान पक्षधरले सहयोग गर्ने एकथरिको भनाइ छ । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट समेत उम्मेदवारीको चर्चा हुन थालेको छ । सो पार्टीबाट पूर्वप्रधानमन्त्री भइसकेका झलनाथ खनालको चर्चा हुन थालेको छ । उनी गएको निर्वाचनमा इलाम १ बाट पराजित भएका थिए । एकीकृत समाजवादीले जिल्ला कमिटीको निर्णयबाट मात्र उम्मेदवारको टुङ्गो लगाउने बताइएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा स्वतन्त्र उम्मेदवारको चर्चा हुन थालेको छ । रास्वपाले प्रतिनिधि खटाएर अवस्था बुझ्ने र उम्मेदवार टुङ्गो लगाउने बताएको छ । स्थानीय उम्मेदवारलाई नै प्राथमिकता दिने सो पार्टीको भनाइ छ । स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिने बताइएको छ । हालसम्म कुनै पनि पार्टीले उम्मेदवारको टुङ्गो लगाएका छैनन् ।  

केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिने सामाजिक सञ्जालमार्फत चर्चा चलाए पनि आधिकारिकरूपमा उम्मेदवारीको घोषणा भएको छैन ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  १ : १७ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६