सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ : प्रधानमन्त्री मोदी « Khabarhub

सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ : प्रधानमन्त्री मोदी


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भारत– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सन् २०३५ सम्म मुलुकसँग आफ्नो अन्तरिक्ष स्टेसन हुने र यसले त्यहाँको अज्ञात विस्तारको अध्ययनमा सहयोग गर्ने बताएका छन् ।  

तिरुवनन्तपुरममा विक्रम साराभाई अन्तरिक्ष केन्द्र (भिएसएससी) मा एक भेलालाई सम्बोधन गर्दै उनले भारतीय अन्तरिक्ष यात्री आफ्नै रकेटबाट चन्द्रमाको सतहमा अवतरण हुने बताए । 

‘सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नै अन्तरिक्ष स्टेसन हुनेछ, यसले हामीलाई अन्तरिक्षको अज्ञात विस्तारको अध्ययनमा सहयोग गर्नेछ, अमृत कालको यो अवधिमा भारतीय अन्तरिक्ष यात्री हाम्रो आफ्नै रकेटमा चन्द्रमाको सतहमा अवतरण गर्नेछन्’, उनले भने। 

प्रधानमन्त्री मोदीले २१औँ शताब्दीमा भारत एउटा गतिशील वैश्विक खेलाडीका रूपमा उदाइरहेको बताए । 

‘२१औँ शताब्दीको भारतले आज आफ्नो क्षमताबाट विश्वलाई चकित बनाइरहेको छ, विगत १० वर्षमा हामीले करिब चार सय भू-उपग्रह प्रक्षेपण गरेका छौँ, त्योभन्दा १० वर्षअघि ३३ भू–उपग्रह मात्र प्रक्षेपण गरिएको थियो’, उनले भने । 

उनले गगनयान मिसनमा प्रयोग गरिएका उपकरण अधिकांश भारतमा बनेकामा खुशी प्रकट गरे ।

प्रधानमन्त्री मोदीले सन् २०२४-२५ मा प्रक्षेपण हुने भारतको पहिलो मानव अन्तरिक्ष उडान गगनयान कार्यक्रम योजनाको हिस्सा हुने चार अन्तरिक्ष यात्रीको नाम पनि घोषणा गरे ।

 तिनीहरूमा भारतीय वायुसेनाबाट छानिएका चार पाइलट समूह क्याप्टेन प्रशान्त नायर, समूह क्याप्टेन अजित कृष्णन, समूह क्याप्टेन अङ्गद प्रताप र विङ कमान्डर शुभांशु शुक्ला रहेका छन् । चारै अन्तरिक्ष यात्रीलाई रुसको युरी गागारिन कस्मोनट ट्रेनिङ सेन्टरमा प्रशिक्षित गरिएको थियो । 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ५ : ४४ बजे

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर

संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना

एजेन्सी– यातना सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदकले पाकिस्तानका पूर्व प्रधानमन्त्रीकी