परराष्ट्र सचिव लम्साल भारत प्रस्थान | Khabarhub Khabarhub

परराष्ट्र सचिव लम्साल भारत प्रस्थान


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसिया इकोनोमिक डाइलगमा भाग लिन परराष्ट्र सचिव सेवा लम्साल आज भारत प्रस्थान गरेकी छन् । यही फागुन १६ र १७ गते भारतको पुनेमा आयोजना हुने सो कार्यक्रममा परराष्ट्र सचिव लम्साल नेतृत्वको प्रतिनिधिमण्डल उद्घाटन सत्रमा सहभागी हुने छिन् । 

भ्रमणका क्रममा सचिव लम्साल नेतृत्वको प्रतिनिधिमण्डलले भारतका विदेशसचिव विनयमोहन क्वात्रासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

एसियन इकोनोमिक डाइलग वार्षिकरुमपा आयोजना हुने बहुपक्षीय सम्मेलन हो । भारतीय विदेश मन्त्रालय र पुने इन्टरनेसनल सेन्टरले संयुक्तरुपमा सम्मेलनको आयोजना गरेको हो । 

समसामयिक विषयमा छलफल हुने उक्त कार्यक्रममा विभिन्न देशका प्रतिनिधि सहभागी हुनेछन् । कार्यक्रममा सहभागी भई परराष्ट्र सचिव लम्साल यही फागुन १८ गते स्वदेश फर्कने कार्यक्रम छ । 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ५ : ४७ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार