भारतका विदेशमन्त्री र परराष्ट्र सचिव लम्सालबीच भेटवार्ता | Khabarhub Khabarhub

भारतका विदेशमन्त्री र परराष्ट्र सचिव लम्सालबीच भेटवार्ता


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले आज अपराह्न त्यहाँका बाह्य मामिलामन्त्री डा सुव्रमण्यम जयशङ्करसँग शिष्टाचार भेट गरेकी छन् ।

त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको प्रगतिबारे छलफल भएको भारतीय राजदूतावासले जनाएको छ ।

परराष्ट्र सचिव लम्साल भारतको पुनेमा आगामी बिहीबारदेखि आयोजना हुने एसियाली आर्थिक संवाद २०२४ को उद्घाटन समारोहमा सहभागी हुने सिलसिलामा हाल नयाँदिल्लीमा छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ८ : १० बजे

मौद्रिक नीतिपछिको पुँजी बजार : नेप्से परिसूचकमा ३१ अङ्कको सुधार

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको

बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

तराईलाई सुक्खा क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम ल्याउन माग

काठमाडौं– असारको अन्तिम सातासम्म पनि मधेसका केही जिल्लामा वर्षा नहुँदा

कञ्चनपुरका राना थारु गाउँमा सावन डोलाको रौनक

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित राना थारु समुदायका महिलाले सावन

काठमाडौं महानगरको नगरसभा : आगामी वर्षको बजेट ल्याइँदै (लाइभ)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै