मुख्यमन्त्री कप भलिबल : आर्मी, गण्डकी र पुलिस क्लब विजयी « Khabarhub

मुख्यमन्त्री कप भलिबल : आर्मी, गण्डकी र पुलिस क्लब विजयी


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आजदेखि मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास समितिको आयोजना तथा जिल्ला भलिबल सङ्घको संयोजनमा उक्त प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगिताको आज कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले उद्घाटन गरे । आज सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० सेटले पराजित गरेको छ । दोस्रो खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ३–१ सेटले तथा नेपाल पुलिस क्लबले पनि कोशी प्रदेशलाई ३–१ सेटले नै पराजित गरेको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री कार्कीले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । आवश्यक खेल पूर्वाधारका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्ष बजेटमा विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रतियोगिता संयोजक एवं भलिबल सङ्घका केन्द्रीय सदस्य प्रविण श्रेष्ठले झण्डै पाँच हजार दर्शक बस्न मिल्ने अस्थायी प्यारापिट निर्माण गरिएको बताए ।

यही फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार, तृतिय हुनेले रु ५० हजार तथा चौथो हुने टोलीले रु ३० हजार पुरस्कार प्राप्त गर्नेछ ।

उद्घाटन समारोहमा कोशी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव हंशराज वाग्ले, पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई, भलिबल सङ्घका पदाधिकारीलगायतको उपस्थिती रहेको थियो । प्रतियोगितामा तीन विभागीय टोलीसहित सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका टोली सहभागी रहेका जिल्ला भलिबल सङ्घका अध्यक्ष मेदिनी घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ९ : १४ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने