पूर्वयुवराज शाहले विद्यार्थीलाई पेस्तोल देखाएको आरोप « Khabarhub

पूर्वयुवराज शाहले विद्यार्थीलाई पेस्तोल देखाएको आरोप


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वयुवराज पारस शाहले विद्यार्थी बोकेको बसका चालकलाई ‘पेस्तोल ताकेको’ आरोप लागेको छ । भरतपुरस्थित सनराइज बोर्डिङ्गका विद्यार्थी बोकेको बसका चालकलाई पारसले गत बुधबार पेस्तोल ताकेको नेपाल क्रिकेट संघ (क्यान) बागमती प्रदेश कार्यसमितिका सदस्य अनिल अधिकारीले दाबी गरेका छन् ।

विद्यार्थी ओरालेर बस मोड्न खोज्दा पारसले पछाडिबाट हर्न बजाएको र ढिला भएपछि गाडिबाट ओर्लिएर पेस्तोल ताकेको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

फेसबुकमा अधिकारीले लेख्छन्, ‘चितवनको सनराइज स्कूलको विद्यार्थी बोकिरहेको स्कूल बस ड्राइभरलाई केही दिनअघि पूर्वयुवराज पारस शाहले बन्दूक देखाएर तथानाम गाली गरेको घटनाको विषयमा स्कूलको प्रचार्य शिव बगाले सरलाई कार्यकक्षमा भेटेर जानकारी लिएर फोनबाट चितवन प्रहरी प्रमुख भाबेश्वोर रिमाल, नेपाली कांग्रेस चितवनको पार्टी सभापति राजेश्वर खनाल, भरतपुर महानगरका मेयर रेनु दाहाल, नगर शिक्षा अधिकारी महेन्द्र पौडेल, चितवन क्षेत्र नम्बर २ की सभासद शान्ती परियार, नेताहरू जीतनारायण श्रेष्ठ, टेकप्रसाद गुरुङ, कृष्णराज लब्लीलाई जानकारी गराएको छु । केही विद्यार्थी र युवा नेताहरूलाई घटनाको जानकारी छ ।’

उनले घटनालाई गुपचुप राख्न खोजिएको समेत दाबी गरेका छन् । ‘सनराइज स्कूलको विद्यार्थी तथा स्टाफहरू सबलाई थाहा छ । उनीहरू सबै बोल्न डराइरहेका छन् । प्रहरीले घटनाको अनुसन्धान गर्दै छ भनेर पन्छिएका छन् । विद्यार्थी बोकेर बस जाँदै गर्दा पछाडिबाट एउटा प्राइभेट कार तीव्र गतिमा गइरहेको रहेछ । कार टाढा नै भएकोले विद्यार्थी झार्न लाग्दा ती सन्की व्यक्तिले एकदमै चर्को स्वरमा हर्न बजाएछन । त्यसपछि गाडीबाट ओर्लिएर कोटको खल्तीबाट पिस्तोल जस्तो बस्तु निकालेर थर्काएर तुरुन्तै तीब्र गतिमा अघि बढेछन’ अधिकारीले लेखेका छन् ।

यता जिल्ला प्रहरी कार्यलय चितवनले भने घटनाको बारेमा कुनै जानकारी नआएको बताएको छ । चितवनका एसपी भावेश रिमालले  भरतपुरमा कसैले पेस्तोल देखाएको घटना आफूहरुलाई जानकारी नभएको बताए । उनले भने, ‘घटनाको बारेमा हामीलाई कुनै जानकारी छैन ।’

पूर्वयुवराज पारस शाह अहिले गैंडाकोटमा छन् । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणासँगै चितवनका गएका थिए । पूर्वराजा र पूर्वरानी भने काठमाडौं फर्किसके पनि पारस भने  गैंडाकोटस्थित नारायणी सफारी होटलमा बसेको बताइएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  १० : ०३ बजे

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल