आज २०८० साल चैत १४ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल चैत १४ गते बुधबारको राशिफल


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत १४ गते बुधबार तदनुसार सन् २०२४ मार्च २७ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। घुमफिरको अवसर प्राप्त हुनेछ। मनमा शान्ति मिल्नेछ। सामाजिक सम्मान प्राप्त हुनेछ। व्यवसायमा फाइदा हुनेछ।

वृष : व्यापारमा लाभ हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक सेवाको क्षेत्रमा सम्मान मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारसँगको सहयात्रा रमाइलो बन्नेछ।

मिथुन : शेयरमा फाइदा हुनेछ। नसोचेका व्यक्तिले सहयोग गर्ने योग छ। शिक्षा क्षेत्रको लगानीबाट नाम र दाम प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले उत्साह मिल्नेछ।

कर्कट : अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन छ। विरोधका आवाज लगातार सुन्नुपर्ने हुनसक्छ। व्यापार व्यवसायमा सरकारको आँखा लाग्नसक्छ।

सिंह : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगरे जटिल स्वास्थ्य समस्या देखिनसक्छ। व्यावसायमा आदर्श व्यक्तिसँग संगत हुनसक्छ।

कन्या : दैनिकी राम्रो छ। घरजग्गाको कारोबार राम्रो बन्नेछ। विद्यामा उन्नति हुनेछ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। धन कमाउने बाटो खुल्नेछ। परिवारको साथ रहनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छैन। जेसुकै गरे पनि काम नबन्ने जोखिम हुन्छ। धेरै मानिससँगको असन्तुष्टिमै दिन जानेछ। सञ्चित धन खर्च हुनेछ। आफन्तसँग भेट हुनेछ। व्यापार र लगानीमा हात नहाल्नु राम्रो हुन्छ।

धनु : शुभकार्यमा सहभागी हुने मौका मिल्नेछ। साथीसँगको यात्रा रमाइलो होला। खर्च बढ्ने योग रहेको छ। मित्रबाट सहयोग मिल्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ।

मकर : नयाँ ज्ञानको अवसर मिल्नेछ। साथीको सहयोग रहनेछ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। समाजसेवामा मन जानेछ।

कुम्भ : प्रेम सम्बन्ध कसिलो बन्नेछ। लगानी भए शिक्षामा सफलता, स्वास्थ्यमा लाभ मिल्नेछ। व्यापारमा आम्दानी हुनेछ। अधिकारका लागि गरेको संघर्ष सफल हुनेछ।

मीन : साथीले असहयोग गर्ने दिन छ। सहयोगी भन्दा विरोधी धेरै छन्। यात्रामा सचेत हुनु राम्रो हुन्छ। सामान हराउने खतरा भएकाले विशेष ख्याल गर्नुपर्ने हुनसक्छ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ५ : १५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड