आईपिएल : चेन्नईको लगातार दोस्रो जित, गुजरात ६३ रनले पराजित | Khabarhub Khabarhub

आईपिएल : चेन्नईको लगातार दोस्रो जित, गुजरात ६३ रनले पराजित


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)मा चेन्नई सुपर किंगले दोस्रो जित दर्ता गरेको छ। गएराति भएको खेलमा गुजरात टाइटनलाई ६३ रनले पराजित गर्दै चेन्नईले लगातार दोस्रो जित निकालेको हो। उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चेन्नईले ६ विकेटको जित निकालेको थियो।

मंगलबार राति दोस्रो खेलमा गुजरातले टस जितेर फिल्ड रोजेपछि चेन्नईले सुरुमा ब्याटिङ गरेको थियो। ६ विकेटको क्षतिमा चेन्नईले गुजरातलाई २०७ रनको विशाल लक्ष्य दियो। चेन्नईका लागि शिवम दुबेले अर्धशतक बनाए। उनले २३ बलमा ५ छक्काको मद्तमा ५१ रन जोडे। कप्तान रुतुराज गायकवाड र रचिन रविन्द्रको समान ४६–४६ रनको मद्दतमा चेन्नईले २०६ रन बनाएको हो।

गुजरातका लागि रासिद खानले दुई विकेट लिए भने साई किशोर, स्पेन्सर जानसन र मोहित शर्माले समान एकएक विकेट हात पारे।

चेन्नईले दिएको २०७ रनको लक्ष्य पछ्याएको गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ३७ रन बनाए। ऋद्धिमान साह र डेभिड मिलरले समान २१–२१ रन बनाए। गुजरातका कप्तान शुभमन गिल ५ बलमा ८ रन बनाएर आउट भएपछि उसको ब्याटिङ लाइन धरापमा परेको थियो।

ब्याटिङ गर्दै चेन्नईका शिवम दुबे । तस्बिर : क्रिकइन्फो

गुजरातलाई सस्तैमा समेट्न चेन्नइका लागि दिपक चाहर, मुस्ताफिजुर रहमान र तुषार देशपाण्डेले समान दुईदुई विकेट लिए भने डेरिल मिचेल र माथीशा पाथिरानाले एक–एक विकेट हात पारे।

दोस्रो खेलमा गुजरातलाई ६३ रनले पराजित गर्दै चेन्नई आईपिएलको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। उद्घाटन खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चेन्नईले ६ विकेटको जित निकालेको थियो।

पञ्जाव किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित दुई अंक जोडेको छ भने कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरवादमाथि चार रनको रोमाञ्चक जित निकालेर दुई अंक जोडेको छ।

आइतबारको पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्टसमाथि २० रनको जित निकालेको थियो। आइतबारको दोस्रो खेलमा मुम्बइलाई ६ रनले हराउँदै गुजरातको विजयी सुरुवात गरेको थियो।

सोमबारको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पञ्जाब किंग्समाथि ४ विकेटको जित निकाल्दै दुई अंक जोडेको छ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ६ : १२ बजे

दोस्रो टी- २० : वेस्ट इन्डिज ए सँग नेपाल १० रनले पराजित

काठमाडौं– वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

बझाङ उपनिर्वाचन : अग्रता बढाउँदै एमालेका भण्डारी, पच्छ्याउँदै कांग्रेसका सिंह

बझाङ– बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका

साताको पहिलो नेप्से १४ अंकले बढ्यो, अढाइ अर्ब बढी कारोबार

काठमाडौं- आइतबार साताको पहिलो नेपाल स्टक एक्चेञ्ज (नेप्से) १४.३३ अंकले

वेस्ट इन्डिज ए विरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौं– कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा

बझाङ उपनिर्वाचन : एमालेका भण्डारीको अग्रता 

बझाङ– बझाङको छबिसपाथिभेरा गाउँपालिकाबाट वडा नम्बर १ को मत गन्दा