तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल « Khabarhub

तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा २१ करोड ६८ लाख ४८ हजारको लागतमा पक्की पुल निर्माण भएको छ ।

तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि भइसकेको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटनको योजना रहेको बताए ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलले यही चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको जानकारी दिए ।

उद्घाटनका निम्ति राष्ट्रपतिलाई आमन्त्रण गरिएको सन्दर्भमा आज तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरुको बैठक हुने उनको भनाइ छ । विसंं २०७१ कात्तिक २० गते पुल निर्माण थालिएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ७ : ३६ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको