फिफा विश्वकप छनोट : बहराइनसँग नेपाल पुनः पराजित | Khabarhub Khabarhub

फिफा विश्वकप छनोट : बहराइनसँग नेपाल पुनः पराजित


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोट अन्तर्गत दोस्रो चरणको चौथो खेलमा पनि नेपाल बहराइनसँग पराजित भएको छ ।

बहराइनको रिफास्थित नेशनल स्टेडियमा आज बिहान सकिएको खेलमा नेपाल बहराइनसँग ३–० गोलअन्तरले पराजित भएको हो । बहराइनको जितमा सायद बाकर, अब्दुल्लाह युसुफ र कोमाइल इल्सवादले समान एक–एक गोेल गरे ।

समूह ‘एच’मा रहेको नेपालको यो लगातार चौथो हार हो । यही चैत ८ गते बहराइनमै भएको खेलमा नेपाल बहराइनसँग ५–० गोलअन्तरले पराजित भएको थियो ।

त्यसअघि नेपालले युएईविरुद्ध ४–० गोलको हार बेहोरेको थियो भने यमनसँग २–० गोलले पराजित भएको थियो ।

नेपाल चार खेलमा अङ्कविहीन रहँदै समूहको अन्तिम स्थानमा छ भने युएई १२ अङ्कसहित समूहको शीर्षस्थानमा छ । ९ अङ्क बटुल्दै बहराइन दोस्रो र यमन तीन अङ्कसहित अङ्कतालिको तेस्रो स्थानमा छ । अब नेपालले छनोटका बाँकी दुई खेलमा युएई र यमनको सामना गर्नेछ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ८ : ०० बजे

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज