चीनकै कारण साइबर सुरक्षामा खतरा | Khabarhub Khabarhub

चीनकै कारण साइबर सुरक्षामा खतरा


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एफबीआईले अहिले संसारलाई नै आश्चर्यमा पार्ने रहस्य बाहिर ल्याएको छ। रहस्यमयी ढङ्गले चिनियाँ ह्याकरले लाखौँ अमेरिकी अनलाइनमा प्रहार गरेको तथ्य एफबीआईले सार्वजनिक गरेको हो।

एफबीआईले सार्वजनिक गरेको विवरण अनुसार अमेरिकीहरू साइबर सुरक्षामा धेरै नै सतर्क हुनुपर्ने अवस्था छ। पछिल्लो समय एफबीआईले सार्वजनिकगरेका सात जना विगत १४ वर्षदेखि ह्याकिङमा संलग्न भएको जनाइएको छ।

अमेरिकी स्टेट डिपार्टमेन्टले ती सात मध्य कसैको पहिचान र सूचना उपलब्ध गराउनेलाई १० मिलियन अमेरिकी डलरसम्मको पुरस्कार दिने घोषणा गरेको छ। यसरी चिनियाँले संसारमा १० हजार भन्दा बढीलाई मेल पठाएर अनेक बहानामा ठगी गर्ने गरेका छन्। यसलाई चिनियाँ सरकारले प्रश्रय दिइएको आरोप लगाइएको छ।

‘आजको हाम्रो यो घोषणाले साइबर सुरक्षा माथिको चिनिया आक्रमणको निरन्तरता, उनीहरूको अमेरिकीहरूको नवीन उपलब्धि माथिको निसाना प्रस्ट पारेको छ, ’ एफबीआईका निर्देशक क्रिस्टोफर रेले भनेका छन्।

न्युजील्यान्ड हेराल्डका अनुसार न्युजील्यान्ड सरकारले पनि आफ्नो देशका धेरै क्षेत्र चिनियाँ ह्याकरको निसाना बनी रहेको जनाएको छ।

उनले चिनियाँले अमेरिकी तथा उसका पार्टनरमाथि यसरी आक्रमण गरेसम्म साइबर जासुसीलाई स्वीकार नगर्ने चेतावनी दिएका छन्। यसअघि बेलायतले चिनियाँहरूले बेलायतको निर्वाचन आयोग र संसद्लाई निसाना बनाएको गुनासो गरिसकेका छन्। बेलायतमा रहेको चिनियाँ दूतावासले भने यसको खण्डन गरिसकेको छ।

न्युजील्यान्ड हेराल्डका अनुसार न्युजील्यान्ड सरकारले पनि आफ्नो देशका धेरै क्षेत्र चिनियाँ ह्याकरको निसाना बनी रहेको जनाएको छ। यसरी ह्याकिङ गर्नेले अनलाइन कल रेकर्ड, काम गर्ने स्थानको एकाउन्ट, व्यक्तिगत इमेल तथा अनलाइन भण्डारणमा आक्रमण गरेका छन्। यसको थुप्रै प्रमाण फेला परेको एफबीआईले जनाएको छ।

ट्र्याक गर्न मिल्न लिङ्कहरू गुप्त रूपमा पठाएर सञ्चारकर्मी मार्फत यो काम गर्ने गरेको जनाइएको छ। यदि त्यस मेलमा आएको लिङ्क खोलेमा व्यक्तिगत विवरणसहित मेलको पासवर्ड लगायत गोप्यता भङ्ग हुन पनि सक्छ।

यसरी ह्याकिङ गर्नेले अनलाइन कल रेकर्ड, काम गर्ने स्थानको एकाउन्ट, व्यक्तिगत इमेल तथा अनलाइन भण्डारणमा आक्रमण गरेका छन्।

त्यो सूचनाको आधारमा ह्याकरले अन्य धेरै कुरामा आक्रमण गर्न सक्छन्। घरको राउटर तथा उनीहरूले सो डिभाइसमा प्रयोग गर्ने अन्य विविध विषयमा सम्पर्क गर्दै यसको समाधान गर्ने उपाय पनि रहेको छ। धेरै चिनियाँले अमेरिकी कूटनैतिक नियोगमा आक्रमण गर्ने गरेका छन्। ती अधिकारीको श्रीमतीको विवरण बटुल्दै सोही विवरण मार्फत अन्तर्राष्ट्रिय रूपमै उनीहरू सक्रिय हुने आधार देखा परेको छ।

एउटा पछिल्लो उदाहरण हङकङमा प्रजातान्त्रिक अभ्यासका लागि सक्रिय हुनेकै कारण अन्य धेरै विषयमा सक्रियता बढी रहेको छ। अमेरिकी कम्पनीमा लगातार चिनियाँ ह्याकरबाट आक्रमण भइरहेको छ। ती ह्याकरहरूले रक्षा, सूचना प्रविधि, टेली कम्युनिकेशन, निर्माण, व्यापार, वित्तीय र कानुनी क्षेत्रमा आक्रमण गरिरहेका छन्।

ताइवानलाई हेर्ने दृष्टिकोणमा विवाद भएपछि अझ भनौँ ताइवानमा अमेरिकी चासो भएपछि यी दुई देश बिचको तनाव अझ बढेको थियो। यस कारण अमेरिकी डेटा चोर्ने नियत चिनियाँको हुनसक्ने अनुमान गरिएको छ। अमेरिकी सेनालाई फाइभजी नेटवर्कका लागि सामान उपलब्ध गराउनेहरू पनि त्यस समयमा कारबाहीमा पर्नसक्ने छन्।

अमेरिका र बेलायतले यसरी लक्षित गर्दै आरोप लगाइएकाले पत्रकार, विधायक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वलाई निसाना बनाएका छन्। ‘एपीटी ३१’ नामको सो समूह चिनियाँ सरकारको सुरक्षा निकायसँग सम्बन्धित रहेको जनाइएको छ। उनीहरूको लक्ष्य, ह्वाइट हाउसका कर्मचारी, अमेरिकी सिनेटर, बेलायती सांसद तथा चीनको आलोचना गर्ने अन्य धेरै जना रहेका छन्।

इलेक्ट्रोल वाच डग, निर्वाचन आयोगका डेटा तथा विधायकको मेललाई लक्ष्य बनाइएको बेलायतले जनाएको छ। बेलायतले जनाए अनुसार एपीटी-३१ सँग सरोकार राख्ने कम्पनी तथा दुई चिनियाँलाई प्रतिबन्ध लगाइएको छ।

उप महान्यायाधिवक्ता लिसा मोनाकोको अनुसार संसारमै चीनको आलोचना गर्नेहरूलाई निसाना बनाउने क्रममा यो ह्याकिङ सुरु भएको हो। बेलायतमा रहेको चिनियाँ दूतावासले भने बेलायतको आरोपलाई मिथ्या र कपोलकल्पित भएको दाबी गरिरहेको छ।

अहिले अमेरिका र बेलायत दुवै देशले केही प्रतिबन्धको बाटो पनि अपनाएका छन्। अमेरिकी ‘ ट्रेजरी डिपार्टमेन्ट’का अनुसार ह्वान झिओरीझिउ विज्ञान तथा प्रविधिको साथमा दुई चिनियाँ नागरिकमाथि पनि प्रतिबन्ध लगाइएको थियो।

इलेक्ट्रोल वाच डग, निर्वाचन आयोगका डेटा तथा विधायकको मेललाई लक्ष्य बनाइएको बेलायतले जनाएको छ। बेलायतले जनाए अनुसार एपीटी-३१ सँग सरोकार राख्ने कम्पनी तथा दुई चिनियाँलाई प्रतिबन्ध लगाइएको छ।

बेलायतको निर्वाचन आयोगमा लक्षित गर्दै सन् २०२१/२२ मा भएको ह्याकिङमा पनि परिचय खुल्न नसकेको राज्यसँग सम्बन्धित एक चिनियाँकै कारण भएको थियो। बेलायती विदेश सचिव डेभिड क्यामरुनले त्यस किसिमको ह्याकिङ कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्। अहिले बेलायत सरकारले यो कदम दुर्भावनापूर्ण र निन्दनीय ठहर गरी रहेको छ। यस अघि नै सन् २०२१ को जुलाईमा नै न्युजील्यान्डमा चिनियाँले आक्रमण गरेको जनाइएको छ।

अहिले बेलायत सरकार चीनले दिएको सुरक्षा चेतावनीको सामना गर्न तयार भएर लागी परेको छ। व्यापार, लगानी र जलवायु परिवर्तनका केही विषयमा आफूलाई परिमार्जन गर्न खोजी रहेको छ। अर्को वर्ष बेलायतमा आम निर्वाचन हुँदैछ। यसको तयारीमा निर्वाचन आयोग जुटीरहेको छ। यसै समयमा हुने यो किसिमको कार्यले बेलायती सरकार नै कतै निर्वाचनमा नै अर्को अप्ठेरो हुने होइन भन्ने भय पनि उत्पन्न भएको हुनसक्छ।

अहिले पश्चिमा देश विस्तारै चिनियाँबाट बच्नकै लागि सुरक्षा संयन्त्रलाई बलियो बनाउने योजनामा लागेका छन्। 

अहिले पश्चिमा देश विस्तारै चिनियाँबाट बच्नकै लागि सुरक्षा संयन्त्रलाई बलियो बनाउने योजनामा लागेका छन्। गत महिना मात्र अमेरिकामा इन्टरनेट सम्बन्धी डिभाइस प्रचलनमा आएको थियो। त्यसको एक दिनपछि नेदरल्यान्ड्स चिनियाँ इन्टरनेट जासुसको निसाना सैन्य क्षेत्र समेत रहेको जनाएको थियो।

अहिले बेलायती सांसदमाथि आक्रमण गर्ने ‘एपीटी ३१ ’ ले सन् २०२० मै बेलायती सांसदको मेलमाथि आक्रमण गरेको थियो। बेलायतका नेतामाथि सो समूहको चासो दिएको थियो। सफ्टवेयर निर्माण कम्पनीमा पनि उनीहरूले आक्रमण गरी रहेको जनाइएको छ।

गत वर्ष बेलायतले चीनसँगको सम्बन्धमा केही सुधार गर्ने प्रयास त गरेको थियो। परन्तु राष्ट्रिय सुरक्षाका खातिर लन्डनले केही चिनियाँ लगानी माथि प्रतिबन्ध लगाएपछि समस्या बढेको हो। हङकङमा लागु गरिएको राष्ट्रिय सुरक्षा ऐनको विरुद्धमा धेरै देशले अभिव्यक्ति दिएपछि यसले चीनलाई ती देशको विरुद्धमा अझ आक्रोशित बनाएको थियो।

एक समाचारका अनुसार अहिले एपीटी ३१ मा रहेको भनेर सात जना बताइए पनि दर्जनौँ यसमा आबद्ध छन्। चीनको हुने प्रान्तको सुरक्षा विभागसँग सरोकार राख्ने छन्। यी सबै चीनमा नै बसोबास गर्ने गरेको पनि जनाइएको छ।

सन् २०१५ मा यता एपीटी ३१ मा रहेकाहरूले धेरै मेलहरू पठाउने गरेको समेत जनाइएको छ। त्यहीँबाट उनीहरूको पहुँच धेरै स्थानमा पुग्ने गरेको छ।
स्रोत : बिबिसी, आरएनजेडडटसिआ र यूएसए टुडे

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ८ : ४२ बजे

नेपाललाई तेस्रो सफलता, वेस्ट इन्डिज ‘ए’ का एलिक अथानाज पनि आउट

काठमाडौं- नेपालले वेस्ट इन्डिज ए विरुद्ध तेस्रो सफलता हासिल गरेको

वेस्ट इन्डिज ‘ए’ले गुमायो दोस्रो विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए विरुद्ध दोस्रो सफलता हासिल गरेको

राहुललाई राजीव गान्धीको अर्ती– ‘परिवारबारे अखबारमा आएका समाचार नपत्याउनू’

कुनै समय भारतमा गान्धी परिवारप्रति जनजनमा ठूलो आस्था थियो ।

रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा सम्पर्कविहीन

तनहुँ– रुसी सेनामा भर्ती भएका यहाँका नौ युवा अझै परिवारको

इलाममा फर्जी मत खसाउने प्रयास, निर्वाचन कार्यालयका कर्मचारीलाई समेत ‘अफर’

इलाम – इलामको प्रतिनिधि सभा क्षेत्र नं. २ मा भइरहेको