महिला पथप्रदर्शकलाई उद्धार तालिम « Khabarhub

महिला पथप्रदर्शकलाई उद्धार तालिम


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुरक्षित पर्यटन प्रवर्द्धन गर्न महिला ‘गाइड’लाई उद्धार रेस्क्यू’ सम्बन्धी तालिम दिइएको छ । सीपयुक्त जनशक्तिको विकास गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले महिला गाइडलाई सातदिने रेस्क्यू तालिम दिएको हो ।

‘माउन्टेन गाइड’ बन्न आवश्यक पर्ने पाठ्यक्रममा आधारित रहेर पदयात्रा र हिमाल आरोहणका क्रममा दुर्घटनाबाट बचाउन र उद्धार गर्ने सीपहरू उक्त तालिमका क्रममा सिकाइएको प्रशिक्षक लामबाबु शेर्पाले जानकारी दिए ।

नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घको प्राविधिक सहयोग रहेको उक्त तालिममा २५ महिला गाइडको सहभागिता थियो । काठमाडौँको जकडोल जङ्गलमा यही चैत ७ देखि १३ गतेसम्म तालिम सञ्चालन भएको थियो ।

पदयात्रा र आरोहणका क्रममा पर्यटकको मृत्यु हुनेको सङ्ख्या वार्षिक रुपमा बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि तालिम फलदायी हुने प्रतिष्ठानका अध्यक्ष दावाफुटी शेर्पाले बताए । सीप र दक्षता बिनाको जनशक्तिले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जाने भएकाले यस्ता तालिमको आयोजना गर्नु आवश्यक भएको उनको भनाइ छ ।

बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले आगामी दिनमा दक्ष जनशक्ति विकासका लागि बोर्डले निरन्तर यस्ता तालिमको आयोजना गर्ने बताए । सरकारले राखेको पर्यटन दशक (सन् २०२३–२०३०) को उद्देश्य पूरा गर्न यस्ता सीपयुक्त जनशक्ति विकास गर्नुपर्ने आवश्यकता भएको उनले भनाइ छ ।

भीर र खोँचमा फसेका व्यक्ति, आरोहणका क्रममा क्रिभासभित्र पसेकालाई सहज रुपमा उद्धार गर्ने, सुरक्षित स्थानमा पुर्‍याउने, आवश्यक मार्गदर्शनलगायत पदमार्गका क्रममा आवश्यक पर्ने सीप तालिमका सहभागीलाई प्रशिक्षकले अभ्यास गराएका थिए ।

ट्रेकिङ गाइड र आरोहीले मात्र सहभागिता जनाएका उक्त तालिमले अन्तर्राष्ट्रिय माउन्टेन गाइड बन्न सहयोग पुर्‍याउने आयोजकले जनाएको छ । नेपालमा हालसम्म दावायाङजुम शेर्पा मात्र महिला माउन्टेन गाइड बन्न सफल भएको बताइएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १२ : १२ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले