जघन्य अपराधको सिकार बन्दै महिला « Khabarhub

जघन्य अपराधको सिकार बन्दै महिला


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हत्या जस्तो जघन्य अपराधमा धेरैजसो महिला प्रभावित भएका छन् । महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले महिलाहरूको संरक्षण गर्ने संयन्त्रहरू प्रभावकारी नभएको कारण महिलाहरू प्रभावित भएको आरोप लगाएको छ । 

सञ्जालकी अध्यक्ष श्याकुमारी साहले घटनाका प्रभावितहरूलाई प्रहरीले जबरजस्ती मिलापत्र गराउने गरेको बताइन् । 

उनी भन्छिन्, ‘हिंसा गरिरहेको श्रीमान् र परिवारलाई जिम्मा लगाएका कारण पीडकलाई प्रोत्साहन मिलेको छ ।’

काठमाडौं उपत्यका प्रहरी कार्यालयको तथ्यांक अनुसार साउन महिनापछि करिब आठ महिनाको अवधिमा १० हजार ९८६ महिलाविरुद्धका आपराधिक घटना भएका छन् । 

त्यस्तै, काठमाडौंमा १३ वटा , ललितपुरमा ४ वटा र भक्तपुरमा ३ वटा हत्याका घटना भएका छन् । त्यसमध्ये पनि महिलाविरुद्धको अपराध सबैभन्दा बढी मधेश प्रदेशमा भएको छ । 

मानव अधिकारविरुद्धका अपराध र हिंसाहरूमा महिलाहरूलाई नै लक्षित गरिने पितृसत्तात्मक सोच र व्यवहारले निम्त्याएको घटनाप्रति राष्ट्रिय सञ्जालले ध्यानाकर्षण गरेको छ । 

नेपालको संविधान २०७२ को धारा १८ समानताको हकको उपधारा (१) मा सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानुनको समान संरक्षण र लाभबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ । तथापि महिलाहरूले विभेद खेपेर बस्नुपरेको अध्यक्ष साह बताउँछिन्

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १ : ३७ बजे

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

झापा २ : बढ्दै देवराज र स्वागतको चुनौती, उत्साहित इन्दिरा र सरिता

काठमाडौं- यस पटकको निर्वाचनमा चर्चाको शिखरमा छ झापा । नेकपा

शहीदका सपना पूरा गर्ने जिम्मेवारी अब हाम्रो काँधमा : बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले

काठमाडौँ–तराईरमधेस दू्रतमार्ग : ४५ प्रतिशत प्रगति

लेनडाँडा– देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराईरमधेस दू्रतमार्ग (फाष्ट

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै कामपा

काठमाडौं– काठमाडौँ महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र कटानको