सांसद बडूको प्रश्न-विनोद चौधरीमाथि छानबिन गर्दैछौं भनेर सभामुखलाई पत्र किन लेखेको ? « Khabarhub

सांसद बडूको प्रश्न-विनोद चौधरीमाथि छानबिन गर्दैछौं भनेर सभामुखलाई पत्र किन लेखेको ?


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सांसद विनोद चौधरीमाथि छानबिन गर्दैछौं भनेर सभामुखलाई पत्र लेख्नुको कारण उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले संविधानको धारा १०३ मा उल्लेख भए बमोजिम मात्र सभामुखलाई जानकारी गराउने संवैधानिक व्यवस्था रहेको बताए । तर सांसद चौधरीको हकमा छानबिन गर्दैछौं भनेर पत्र पठाएर चौधरीको ह्यारेसमेन्ट गर्न खोजिएको हो की भन्ने विषय उठेको भन्दै उनले पूर्वाग्रह राखेर चौधरीमाथि यस्तो गरिएको हुनसक्ने आशंका व्यक्त गरे । चौधरी नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् ।

समिति बैठकमा बोल्दै सांसद बडूले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सहकारी प्रकरणको छानबिन अवधिभर राजीनामा दिन आग्रह गरे ।

उनले छानबिनको निष्पक्षताका लागि गृहमन्त्री नै रवि लामिछाने हो भने जनताले विश्वास दिलाउनका लागि छानबिन अवधिमा बाहिर बस्न आग्रह गरेका हुन् ।

सहकारीको एक करोड जम्मा भएका रवि लामिछाने गृहमन्त्री नै हो कि अरू कोही हो ? भन्दै प्रश्न पनि गरे ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १ : ५३ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६