चिसापानी-गड्डाचौकीसम्मका १४ पुल मर्मत हुँदै « Khabarhub

चिसापानी-गड्डाचौकीसम्मका १४ पुल मर्मत हुँदै


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– महेन्द्र राजमार्गअन्तर्गत चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्म पर्ने १४ पुल मर्मत गरिँदै छ ।

सडक विभागको पुल महाशाखाले ठेक्का सम्झौता गरी कर्णाली नदीको चिसापानी–गड्डाचौकीसम्मको राजमार्गमा पर्ने १४ पुल एकै साथ मर्मत भइरहेको जनाएको छ ।

विसं २०५० अघिका दुई र ५० को दशकपछिका १२ गरी १४ वटा राजमार्गमा पर्ने जीर्ण पुल सघनरुपमा मर्मत भइरहेको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली पुल योजना कार्यालयले जनाएको छ ।

कार्यालयका सबइन्जिनियर दुर्गादत्त अवस्थीले निर्माणाधीन सबै पुल विश्व बैंकको प्राविधिक टोलीले मर्मतका लागि छनोट गरेको जानकारी दिए । 

‘चौधमध्ये पाँच वटा पुलको मर्मत सकिएको छ । बाँकीमा काम भइरहेको छ’, उनले भने, ‘विश्व बैंकले जीर्ण पुलको अवस्था स्थलगतरूपमा अध्ययन गरी छनोट गरेपछि पुल महाशाखाले ठेक्कामार्फत मर्मत गरिरहेको हो ।’

यसअघि पनि सामान्यरुपमा पुल मर्मत कार्य हुने गरेपनि राजमार्गका पुलहरू विस्तृतरुपमा निर्माण भएपछि पहिलो पटक मर्मत गर्न लागिएको सबइन्जिनियर अवस्थीले बताए। महाकाली मार्गमा पर्ने कैलालीमा थप दुई पुलको मर्मत भइरहेको पुल योजना कार्यालयले जनाएको छ ।

‘विश्व बैंकको समूहपछि हाम्रो प्राविधिक समूहले पनि पुलको अवस्थाबारे स्थलगतरूपमा अध्ययन गरी अनुमानित लागतसहित पुल मर्मत गर्नुपर्ने कारणबारे प्रतिवेदन पुल महाशाखा पठाएका थियौँ’, अवस्थीले भने, ‘अर्को चरणमा राजमार्गका बाँकी पुल र सुदूरपश्चिमको पहाडी जिल्लामा मुख्य सडक र पुलको मर्मतको योजना छ ।’

कर्णाली नदी वारी २०५० सालपछि एकैसाथ २२ पक्की पुल नेपाल–भारत सरकारको सहयोगमा योजना कार्यालयले निर्माण गरेको जनाइएको छ ।

‘बाइसमध्ये १२ पुल आगामी जेठसम्म मर्मत भइसक्छन्’, सवइन्जिनियर अवस्थीले भने, ‘मर्मतको अवधि आगामी चैत २२ गते सकिने भएपनि जेठसम्म म्याद थपका लागि विभागमा फाइल पठाएका छौँ ।’ हिम–सगरमाथा निर्माण सेवाले रू १६ करोड ९३ लाखमा पुल मर्मतको जिम्मेवारी पाएको उनको भनाइ छ ।

त्यसैगरी महेन्द्रनगरपस्थित सडक डिभिजन कार्यालयले गड्डाचौकीबाट कर्णाली चिसापानीसम्म राजमार्गका विभिन्न स्थानमा सडक मर्मत र स्तरोन्नति जारी राखेको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीले राजमार्गअन्र्तगत कैलालीको चिसापानीबाट लम्कीसम्म आवधिक मर्मत भइरहेको जानकारी दिए। ‘सो खण्ड रू सात करोडमा ठेक्का भएर काम भइरहेको छ’, उनले भने, ‘वैशाखसम्म आवधिक मर्मत सकिन्छ ।’

प्रमुख सुवेदीले गड्डाचौकीबाट चिसापानीसम्मको एक सय २८ किलोमिटर राजमार्गमा पर्ने विभिन्न स्थानमा सडक मर्मत भइरहेको बताए। ‘गत वर्ष ठेक्का भएर गड्डाचौकीबाट शुक्लाफाँटा नगरपालिकासम्म ठाउँठाउँमा राजमार्ग चौँडा गरिएको छ’, उनले भने, ‘सडक स्तरोन्नतिका लागि गत वर्ष रू छ करोडमा ठेक्का दिइएको थियो ।’

सडक डिभिजन कार्यालयका प्रमुख सुवेदीले नदी, खोला तथा नालाबाट उत्खनन् गरेर ल्याइने नदीजन्य पदार्थ ढुवानीका क्रममा राजमार्गमा पानी छरिँदा बिग्रिने गरेको बताए।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  २ : १३ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका