गणतन्त्रमा बोल्न पनि नपाइने हो गृहमन्त्रीज्यू ? « Khabarhub

गणतन्त्रमा बोल्न पनि नपाइने हो गृहमन्त्रीज्यू ?


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूलाई माता बताउँदै आएकी सविता आचार्यले गणतन्त्रमा बोल्न नपाइने हो ? भनेर गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेकी छन् । गृहमन्त्रीको बारेमा भविष्यवाणी गर्दा असन्तुष्ट पक्षले उनलाई जिउँदै श्रद्धाञ्जली दिएका थिए । 

बुधबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई जिउँदै रहँदा आएको श्रद्धाञ्जलीले जिउनु र मर्नु बनाएको दुःख व्यक्त गरेकी छन् । साथै उनले जिउँदो मानिसलाई श्रद्धाञ्जली दिनेहरूले आफूलाई टर्चर दिएको बताएकी छन् । 

के यो देशमा कानुन छैन ? जिउँदोलाई यसरी मार्न पाइन्छ ? उनले सरकारलाई प्रश्न गरेकी छन् । साथै उनले यसप्रकारको हर्कतले विक्षिप्त बनाएको भन्दै आफ्नो पीडा कसलाई सुनाउ भनेर दुखेसो पोखेकी छन् । 

उनले लेखेकी छन् – यो के हो ? मैले के अपराध गरें ? मैले त देखेको भबिस्यबाणी पो गरेकि हूँ त ? के बोल्न पाईन्न र यो गणतन्त्रमा ? म कसै विरुद्ध बोलेको हैन नि मैले त भबिस्यबाणी गरेकी हुँ तर मलाई यस्ता तस्बिर बनाएर टचर दिन कसले लगायो हँ ? जिउंदै मार्न खोज्नेहरुलाई भगवान् ले फल दिनुहुन्छ केहि समय पर्खनु । के यो देशमा कानुन छैन त ? जिउदोलाई यसरी मार्न पाईन्छ त यहाँ ? मैले भ्रष्टाचार गरें कि, मैले सहकारी ठगें की, दुनिया नौटंकी गरें कि हँ ? मैले डवल नागरिक्ता रांखे कि ? मत देशको भबिस्यबाणी गरिरहेकी छु लगभग २० बर्ष अगाडि देखि के हो यो ? मर्नु न बाँच्नु बनाएका छन् म तपाईंलाई कसरी सुनाम ? कहाँ सुनाम कहाँ छ सरकार ? को छ गृहमन्त्री ? के छ कानुन ??

सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साहित गर्ने, हप्काउने, घृणा तथा द्वेष उत्पन्न गराउने र सूचना प्राप्त गर्नेलाई भ्रममा पार्न नहुने व्यवस्था राखिएको छ । 

त्यस्तै, नेपालको संविधान २०७२ को धारा १७ ले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । धारा १७ (२) (क) मा प्रत्येक नागरिकलाई ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता हुने’ उल्लेख गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  २ : ३० बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका