जर्मनीमा बाल गरिबीको दर उच्च « Khabarhub

जर्मनीमा बाल गरिबीको दर उच्च


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बर्लिन– जर्मनीमा बाल गरिबीको दर उच्च देखिएको छ ।  सन् २०२२ मा पाँचमध्ये एक बालबालिका गरिबीबाट प्रभावित भएको जर्मनीको कल्याणकारी सङ्घले उल्लेख गरेको छ ।

जर्मनीका छ वटा केन्द्रीय स्वैच्छिक कल्याणकारी सङ्घहरूमध्ये एक ‘परितातिशे जेसमट्वरब्यान्ड’ को प्रतिवेदनका अनुसार युरोपमा करिब एक करोड ४२ लाख मानिस गरिबीमा बाँचिरहेका छन् । 

यसको प्रत्यक्ष असर एकल अभिभावक, ठूलो परिवार र थोरै शैक्षिक योग्यता भएका वा जर्मन नागरिकता नभएका मानिसहरूमा परिरहेको छ । सन् २०२२ मा जर्मनीमा गरिबी धेरै उच्च स्तरमा रहेको र अघिल्लो वर्षको तुलनामा यो सङ्ख्या केही कम भए पनि २०१९ को कोभिड-१९ महामारी र ऊर्जा संकट अघिको तुलनामा अझै १० लाख बढी रहेको संस्थाको प्रबन्ध निर्देशक उलरिच स्नाइडरले बताए । 

सरकारले विगत दुई वर्षमा कर कटौती र ऊर्जा मूल्य राहत उपायहरूका तीव्र रूपमा बढ्दो मूल्यहरूको प्रतिरोध गरेको छ । न्यूनतम पारिश्रमिक पनि दुई चरणमा गरी १०.४५ युरो बढाइएको थियो । 

यद्यपि जेसमट्वर ब्यान्डले यस पारिश्रमिक मूल्यलाई अपर्याप्त मानेको छ र न्यूनतम पारिश्रमिकलाई युरोमा बढाउन आह्वान गरिरहेको छ । संस्थाले बालबालिकालाई गरिबीबाट जोगाउन  बाल बीमाको व्यवस्था गर्नुपर्ने माग गरेको छ । 

सन् २०२५ सम्ममा बाल संरक्षण लागू गर्न जर्मन सरकार प्रतिवद्ध छ ।  जलवायु संरक्षणका लागि कोभिड-१९ राहत कोष असफल भएपछि र बजेटको अवरोधका कारण यस विषयमा वार्ता हालसम्म रोकिएको छ । 

हालका योजनाले बाल बीमा योजनाभन्दा प्रशासनिक सुधारका लागि बढी जोड दिइरहेको आर्थिक तथा सामाजिक अनुसन्धान संस्थानका वैज्ञानिक निर्देशक बेटिना कोहलरौसले बताए।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ४ : ०३ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६