विवाह बन्धनमा बाँधिए सिद्धार्थ र अदिति  « Khabarhub

विवाह बन्धनमा बाँधिए सिद्धार्थ र अदिति 


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको साउथ अभिनेता सिद्धार्थ र अभिनेत्री अदिति राव हैदरीले विवाह गरेका छन् ।

दुवैले तेलंगानाको श्री रंगनायक स्वामी मन्दिरमा विवाह गरेका थिए । उनीहरूले विवाह  गरेको तर औपचारिक जानकारी अहिलेसम्म नदिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सिद्धार्थ र अदिति राव हैदरीले तेलंगानाको श्रीरंगापुरम जिल्लाको रंगनायक स्वामी मन्दिरमा गोप्य रूपमा विवाह गरेका हुन् । दुवै पछिल्लो केही वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए ।

सिद्धार्थ र अदितिले २०२१ मा तमिल-तेलुगु फिल्म महासमुद्रममा सँगै काम गरेका थिए । त्यसपछि यी दुईबीचको निकटता बढेको थियो । सिद्धार्थले रंग दे बसन्ती र चश्मेबद्दूर जस्ता चर्चित बलिउड फिल्ममा काम गरिसकेका छन् । अदिति राव हैदरी दक्षिण र हिन्दी चलचित्रकी चर्चित अभिनेत्री हुन् । उनले पद्मावत, बोस, रकस्टार र मर्डर–३ जस्ता फिल्ममा काम गरिसकेकी छन् ।

अदितीको जन्म २८ अक्टोबर १९८६ मा हैदराबादमा एहसान हैदरी र विद्या रावको घरमा भएको थियो । अदिति हैदराबादकी निजाम थिइन्। साहेल अकबर हैदरीकी नातिनी हुन् । अदितिका हजुरबुवा राजा जे रामेश्वर राव वानापार्टी, तेलंगानाका राजा थिए ।

अदितिले भरतनाट्यम डान्सरको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनले प्रसिद्ध भरतनाट्यम नर्तकी लीला सैमसनको नृत्य समूहमा पनि काम गरिन् । यहाँ काम गरेपछि उनी अभिनयमा लागेकी थिइन्  । उनले पहिलो पटक २००७ मा तमिल फिल्म श्रृंगाराममा अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ५ : ०९ बजे

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले