विकास निर्माणमा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन : रक्षामन्त्री « Khabarhub

विकास निर्माणमा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन : रक्षामन्त्री


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रक्षामन्त्री हरि प्रसाद उप्रेतीले विकास निर्माणमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताएका छन् । 

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समिति बैठकमा मन्त्री उप्रेतीले सेना वा कसैलाई पनि विकास निर्माणमा ढिलासुस्ती गर्ने छुट नभएको बताएका हुन्  ।

उनले नदीजन्य बस्तुको अभावले फास्ट ट्रयाक बनाउन ढिलाई भएको पाइएकाले सेना आफले क्रसर राखेर काम गर्न भनेको पनि धारणा राखे । फास्ट ट्रयाकलाई तोकिएको समयमा नै सम्पन्न गर्न फास्ट रुल बनाउन जरुरी रहेकाले आफूले यसको तयारी गरिरहेको उनले बताए । 

मन्त्री उप्रेतीले सेनाले गरेको हर कामको अनुगमन र निरीक्षण गर्ने र ढिलाईको कारण पत्ता लगाउने दावी गरे ।

उनले देश बनाउने संकल्प सबैले गरे मुलुक बन्न कसैले रोक्न नसक्ने जिकिर गरे ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ५ : ४९ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर