६ महिला पत्रकार सम्मानित « Khabarhub

६ महिला पत्रकार सम्मानित


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेवाः पत्रकार राष्ट्रिय दबुले ६ जना महिला पत्रकारलाई सम्मान गरेको छ। ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा एक समारोहकाबीच सम्मान प्रदान गरिएको हो।

सम्मानित हुनेहमा नेपाल समाचारपत्र वरिष्ठ सहायक सम्पादक भगवती तिमल्सिना, भक्तपुरका पहिलो महिला फोटोपत्रकार सुनी बनेपाली, नेपाल टेलिभिजनका पवनवर्षा शाह, गोरखापत्रका यलु जोशी, मेट्रोएफका रीता महर्जन र नयाँ पत्रिकाका शान्ति तामाङ रहेका छन्।

उनीहरूलाई पत्रकार राष्ट्रिय दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले फुलमाला, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का वरिष्ठ उपाध्यक्ष अमरध्वज लामाले खादा र उप-प्रधानमन्त्री उपेन्द्र यादवले सम्मान पत्र प्रदान गरेका थिए। 

सो अवसरमा महिला पत्रकारिताका विषय समावेस भएको आज्जु नामक बुलेटिकको पनि बिमोचन भएको थियो। उपप्रधानमन्त्री यादवले संघीयताको सार्थक अभ्यासले मात्र महिला हकअधिकारसहित समावेशी शासन व्यवस्था अनुभूत गराउने बताएका थिए।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का उपाध्यक्ष अमरध्वज लामाले समावेशी पत्रकारिताले मात्र विविध क्षेत्रका जनताको आवाजलाई मुखरित गर्नसक्ने विचार व्यक्त गरे। नेवाः पत्रकार राष्ट्रिय दबुका सल्लाहकार किरण शाक्यले नेपालको पहिलो महिला पत्रकार साधना प्रदान योगदान, संघर्षलाई स्मरण गर्दै पत्रकार राष्ट्रिय दबुले हरेक वर्ष महिला पत्रकारलाई सम्मान गर्दै महिला पत्रकारको विकास लागि कार्य गरिरहेको बताए।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ६ : २१ बजे

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना

बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन

काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित