लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

लागूऔषधसहित दुई जना पक्राउ


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– औरहीबाट प्रहरीले लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका-८ कुसुमका ३० वर्षीय सियाराम महतो र सोही वडाका २० वर्षीय सुवेश शर्मा रहेका छन्। 

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार उनीहरूलाई प्रहरीले औरही नगरपालिकास्थित विद्युत सबस्टेसनबाट नियन्त्रणमा लिएको हो। बर्दिबासतर्फ जाँदै गरेको लु५९प ६३३७ नम्बरको मोटरसाइकलमा लागूऔषध फेला परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरिएको हो। 

उनीहरूको साथबाट एक्सिप्लोन नामक लागूऔषध ९ बोतल र नाइटेभेट ट्याब्लेट १२ पिस, स्पासमो लेखिएको लागूऔषध ट्याब्लेट १३ पिस, बरामद भएको इलाका प्रहरी कार्यालयका गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए। 

लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ६ : ४५ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको