२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित « Khabarhub

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्समाथि पञ्जाब किंग्सले शानदार जित निकालेको छ। २६२ रनको लक्ष्य पछ्याएको पञ्जाबले आठ बल बाँकी हुँदा कलकाताविरुद्ध दुई विकेट मात्र गुमाएर आठ विकेटको ऐतिहासिक जित निकालेको हो।

इडन गार्डेनमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २६१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले १८ दशमलव चार बलमा मात्र दुई विकेटको क्षतिमा २६२ रन बनाउँदै लक्ष्य भेट्टाएको हो।

पञ्जाबको जितका लागि जोनी बेयरस्टोले नटआउट १०८ रन बनाए। मात्र ४८ बल खेलेका उनले ८ चौका र ९ छक्का प्रहार गरे। शशांक सिंहले नटआउट अर्धशतक पूरा गरे। २८ बल खेलेका उनले आठ छक्का र दुई चौकाको मद्दतमा ६८ रन बनाएका हुन्। उसका लागि अर्का ओपनर प्रभसिमरन सिंहलेसमेत अर्धशतक प्रहार गरे। २० बल खेलेका उनले चार चौका र ५ छक्का प्रहार गर्दै ५४ रन बनाएका हुन्। उनलाई कलकाताका सुनिल नारायणले रन आउट गरेका थिए। पञ्जाबका लागि १६ बल खेलेका रिली रोसोउले भने २६ रन बनाए। पञ्जाबविरुद्ध बलर नचलेको कलकाताका लागि मात्र एक विकेट सुनिल नारायणले लिए।

सुरुमा ब्याटिङ गरेको कलकाताका लागि फिल साल्ट र सुनिल नारायणले शानदार अधर्शतक बनाएका थिए। ३७ बल खेलेका साल्टले ६ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ७५ रन बनाएका थिए। नारायणले ३२ बलमा ९ चौका र ४ छक्कासहित ७१ रन जोडेका थिए।

पहिलो विकेटका लागि उनीहरूले १३८ रनको साझेदारी गरेका थिए। वेंकटेश अय्यर ३९, कप्तान श्रेयस अय्यर २८ र आन्द्रे रसेल २४ रनमा आउट हुँदा रमनदीप सिंह ६ रनमा नटआउट रहे।

पञ्जाबका अर्शदीप सिंहले सर्वाधिक दुई विकेट लिए। श्याम करन, हर्ष पटेल र राहुल चाहरले एकएक विकेट हात पारेका थिए।

यो जितमा पञ्जाबले आईपिएलमै केही ऐतिहासिक रेकर्ड बनाएको छ । यो खेलमा ठूलो रनको चुनौती आठ बल खेल्न बाँकी हुँदै पूरा गरेर रेकर्ड बनाएको छ । टि–२० को खेलमा ५२३ रन बनेको छ । जोनी बेयरस्टोले नटआउट ४८ बलमा १०८ रन बनाएर ऐतिहासिक जितको रेकर्डसमेत बनाएका छन् ।

यो हारसँगै कलकाता १० अंकसहित दोस्रो स्थानमा यथावत छ। पञ्जाब भने ६ अंकसहित आठौं स्थानमा छ। आईपिएल अन्तर्गत शनिबार दिल्ली क्यापिटल्स र मुम्बई इन्डियनले प्रतिस्पर्धा गर्दैछन्। यो खेल साँझ ७:४५ बजे सुरु हुँदैछ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ६ : २२ बजे

दल दर्ता गर्दैमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्न मिल्दैन: शंकर पोखरेल

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा राजनीति दलहरू

एकताका विषयमा भएका छलफलबारे रास्वपाको सचिवालय बैठकमा ब्रिफिङ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा एकता तथा सहकार्यका लागि विभिन्न व्यक्ति

१३ गतेसम्म अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने उखु किसानको चेतावनी

काठमाडौँ- नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः

‘डिजिटल हिंसा पनि हिंसा हो’

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको

सरकारको प्राथमिकता नै निर्वाचन हो: गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले