इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत « Khabarhub

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका मिलन कुमार योङहाङ लिम्बूले मतदान गरेका छन् ।

उनले आफ्नो गाउँ माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको मतदान स्थलको (ख) केन्द्रबाट मतदान गरेका हुन् ।

मतदान स्थलमा पहिलो भोट खसालेपछि सञ्चारकर्मीसँग उनले मतदान लोकतन्त्रको उत्सव भएको बताए । उनले भने, ‘आजका दिन बिनाकुनै डर, धाक, धम्की, प्रलोभनमा नपरी मतदान गर्न सबैमा आह्वान गर्न चाहन्छु ।’

यसैबीच, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले पनि मतदान गरेका छन् ।

उनले आफ्नै जन्मथलो फाकफोकथुम गाउँपालिका–३ स्थित सिंहदेबी माध्यामिक विद्यालय, शुक्रबारे (क) मतदान केन्द्रमा पहिलो मतदान गरेका हुन् ।

इलाम–२ मा विभिन्न १२ राजनीतिक दल र स्वतन्त्र ७ गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

आयोगका अनुसार इलाम–२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् ।

प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको गत भदौमा निधन भएपछि इलाम–२ मा आज उपनिर्वाचन अन्तर्गत मतदान भइरहेको हो ।

यो पनि…
उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ८ : ३८ बजे

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको