इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत « Khabarhub

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका मिलन कुमार योङहाङ लिम्बूले मतदान गरेका छन् ।

उनले आफ्नो गाउँ माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको मतदान स्थलको (ख) केन्द्रबाट मतदान गरेका हुन् ।

मतदान स्थलमा पहिलो भोट खसालेपछि सञ्चारकर्मीसँग उनले मतदान लोकतन्त्रको उत्सव भएको बताए । उनले भने, ‘आजका दिन बिनाकुनै डर, धाक, धम्की, प्रलोभनमा नपरी मतदान गर्न सबैमा आह्वान गर्न चाहन्छु ।’

यसैबीच, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले पनि मतदान गरेका छन् ।

उनले आफ्नै जन्मथलो फाकफोकथुम गाउँपालिका–३ स्थित सिंहदेबी माध्यामिक विद्यालय, शुक्रबारे (क) मतदान केन्द्रमा पहिलो मतदान गरेका हुन् ।

इलाम–२ मा विभिन्न १२ राजनीतिक दल र स्वतन्त्र ७ गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

आयोगका अनुसार इलाम–२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् ।

प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको गत भदौमा निधन भएपछि इलाम–२ मा आज उपनिर्वाचन अन्तर्गत मतदान भइरहेको हो ।

यो पनि…
उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ८ : ३८ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत