हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै « Khabarhub

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार बिरुवा निःशुल्क वितरण गर्ने भएको छ । कार्यालयले आफ्नो नर्सरीमा हुर्काएका बिरुवा किसानलाई वितरण गर्न लागेको हो ।

उत्पादित तयारी बिरुवा असारको तेस्रो सातादेखि वितरण गर्ने कार्यालयको योजना छ ।

विगतको तुलनामा यस वर्ष थोरै बिरुवा हुर्काइएका छन् । वन कार्यालयको नर्सरीमा तीस हजार डाले घाँसका बिरुवा उत्पादन गरिएको वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । राइखनियो, डुम्री, बडहर, बकाइनो, टाँकीका बिरुवा अधिक छन् ।

हरियाली वृद्धिका साथै पशुपालन किसानलाई लक्ष्यित गरी डाले घाँसलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

नर्सरीमा हुर्काइएका बिरुवामध्ये जडीबुटीतर्फ शितल चिनी, हर्रो, बर्रो, तेजपात, बेल, अमला, श्रीखण्ड रहेका छन् भने सौन्दर्यमूलकमा कपूर, अशोका, धूपीलगायत छन् ।

‘पछिल्लो समय पशुपालनतर्फ किसानको आकर्षण बढ्दै गएकाले बर्सेनि डाले घाँसका बिरुवा उत्पादन गरी वितरण गर्दै आएका छौँ’, अधिकृत श्रेष्ठले भने, ‘प्रदेश सरकारबाट बजेट कम विनियोजन भएका कारण यस वर्ष थोरै बिरुवा उत्पादन गरिएको हो ।’

चार वर्षअघि दश लाख, तीन वर्ष अघि आठ लाख, दुई वर्षअघि छ लाख २५ हजार र गत वर्ष एक लाख बढी बिरुवा उत्पादन गरी निःशुल्क वितरण गरिएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १० : २१ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा