कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने « Khabarhub

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो काम पूरा नभएकाले तीन घण्टा मात्र खोलिएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा बिहीबार भएको बैठकले बिहान ६ बजेदेखि ९ बजेसम्म र मध्याह्न १२ बजेदेखि अपराह्न ६ बजेसम्म दुई सिफ्टमा काम गर्ने निर्णय गरेको हो । बैठकले उक्त सडकमा छ चक्के र त्यसभन्दा बढी पाङ्ग्रा भएका मालबाहक सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ ।

‘मर्मत-सम्भारका लागि काल्चेदेखि बगुवाखण्डसम्म चैत १ गतेदेखि बन्द गरिएको सडक अहिलेलाई बिहान ९ बजेदेखि १२ बजेसम्म ३ घण्टा सवारीसाधनका लागि खुला रहने छ । मर्मतको काम जारी छ । अब दुई ‘सिफ्ट’मा काम गरेर शीघ्र सम्पन्न गर्ने लक्ष्य छ’, आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले भने । आगामी जेठ १५ गतेसम्म सडक तीन घण्टासम्म खुल्ने उनले जानकारी दिए ।

कान्ति लोकपथको एक दशमलव पाँच किलोमिटर खण्डमा सडक चौडा गर्न लागिएको छ । सडक माथिका चट्टान काट्न बाँकी रहकोले उक्त निर्णय भएको इन्जिनियर महर्जनले जानकारी दिए ।

यो सडक ६७ वर्षदेखि निर्माणाधीन छ । हेटौँडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९२ किलोमिटर लामो सडक विस्तारको जिम्मा बुद्धचोकदेखि–टीकाभैरवसम्मको ७९ किलोमिटर खण्ड आयोजना कार्यालयले लिएको छ ।

बाँकी भाग सडक डिभिजन कार्यालयले बनाउने छ । टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पारेको भए पनि स्थानीयले निर्माण गरेका संरचनाका कारण ठेचो–सुनाकोठी खण्ड चौडा हुन सकेको छैन ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १० : ५८ बजे

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको

अपर ठूलोखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय लाइनमा जोडियो

म्याग्दी– २२ दशमलव ५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट

तनहुँको घुमाउनेमा पुल नबन्दा सास्ती

तनहुँ– प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि तनहुँको आँबुखैरेनीको सराङघाट, घुमाउने, बन्दीपुरको

इरानका नयाँ सर्वोच्च नेता बारे ट्रम्पको आशंका- ‘सुन्दैछु उनी जीवित छैनन्’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता