भारतमा विद्युतीय मतदानबारे परेको रिट खारेज | Khabarhub Khabarhub

भारतमा विद्युतीय मतदानबारे परेको रिट खारेज


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतमा लोकसभा निर्वाचनअघि विद्युतीय मतदानबारे परेको रिट त्यहाँको सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

इलेक्ट्रिक भोटिङ मेसिन (ईबीएम) र मतदाता पहिचान गर्ने भोटर भेरिफियर पेपर अड्रिल ट्रेल (वीवीप्याट) बीच शतप्रतिशत मिलान हुनुपर्ने माग राख्दै दायर भएका सबै रिट अदालतले खारेज गरिदिएको हो ।

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले प्रतिपक्षी दलहरूलाई विभिन्न परिमार्जित कानून र नियामक निकायको दुरुपयोग गर्दैै चुनावअघि धरपकड मच्चाइरहँदा सर्वोच्चको फैसलाले भारतमा नयाँ तरङ्ग उत्पन्न गराएको छ ।

सर्वोेच्चका न्यायाधीशद्वय सञ्जीव खन्ना र दीपङ्कर दत्ताको इजलाशले विद्युतीय मतदानबारे परेको रिटहरू खारेजीसँग चुनाव आयोगलाई निर्वाचन प्रकृयामा महत्वपूर्ण फेरबदल गर्न पनि आदेश जारी गरेको छ । न्यायालयको आदेशानुसार आयोगले मतदान लगत्तै केही नयाँ प्रकृया अपनाउनुपर्नेछ ।

आयोगले विद्युतीय मतदान मेसिनमा चुनाव चिह्न लोड भएलगत्तै सिम्बोल लोडिङ यूनिट (एलएलयू) सील गर्नुपर्नेछ । चुनावी नतीजा घोषणापछि पनि एसएलयूलाई कम्तिमा ४५ दिनसम्म शिलबन्दी राख्नुपर्नेछ ।

भारतमा अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा लोकसभा चुनाव हुँदैछ । ५४३ सिटको लोकसभाबाट भारतमा सन् २०२९ सम्मका लागि सरकार बनाउन कुनै दल या गठबन्धनले २७२ सिटमा जीत हासिल गर्नुपर्छ ।

सन् २०१४ देखि सत्तासीन भाजपालाई जारी चुनावको नतिजापश्चात् विस्थापन गर्ने प्रतिपक्षीहरूको योजना छ । तर, प्रधानमन्त्री नरेन्द्र मोदीले भने यो पटकको लोकसभा चुनावमा भाजपालेउ ४०० भन्दा बढी सिट हासिल गर्ने जनाएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ११ : ३८ बजे

आगामी बजेट नयाँ ढंगबाट आउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

एमाले सांसद सुहाङले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– इलाम- २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल

डेढ वर्षपछि चीनद्वारा भारतमा राजदूत नियुक्त

काठमाडौं- करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी

भैँसी पाल्ने किसानलाई गाउँपालिकाको अनुदान

पर्वत– जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु