ताइवानमा ६.१ रेक्टरको भूकम्प  « Khabarhub

ताइवानमा ६.१ रेक्टरको भूकम्प 


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी काउन्टी हुआलियननजिकै शनिबार गएको भूकम्पको तीव्रता ६.१ रेक्टर स्केल रहेको उक्त टापु देशको मौसम विभागले जनाएको छ ।

त्यहाँको प्रशासनले राजधानी ताइपेईका धेरै भवनहरू भूकम्पले हल्लाएको बताएको छ । यद्यपि क्षतिको विवरण भने प्राप्त भएको छैन । भूकम्पको केन्द्रबिन्दु २४.९ किलोमिटर (१५.५ माइल)गहिराइमा रहेको मौसम विभागले जनाएको छ ।

यस महिनाको सुरुमा, हुआलियनमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा १७ जनाको मृत्यु भएको थियो । त्यसयता यहाँ एक हजारभन्दा बढी भूकम्पको धक्का महसुस गरिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १२ : १७ बजे

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल

तिलोत्तमा– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन अन्तिम विकल्प रहेको बताएका छन् 

अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी

एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित, भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं- नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले राष्ट्रिय स्वाधीनता,