उसुमा दीपक हमालले बनाए कीर्तिमान  « Khabarhub

उसुमा दीपक हमालले बनाए कीर्तिमान 


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा भइरहेको अन्तर्राष्ट्रिय उसु प्रतिस्पर्धामा नेपालले तीनवटा कास्य पदक हात पारेको छ । अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा इन्टरनेसनल उसु इन्भिटेस्नल टुर्नामेन्टमा दीपक हमालले नेपाललाई यो सफलता दिलाएका हुन् । 

खेलाडी हमालले उसु याउँलो विधाअन्तर्गत नानछ्वान इभेन्टमा हालसम्मकै सर्वाधिक ९.६६३ स्कोर प्राप्त गरी ऐतिहासिक पदक जित्न सफल भएका हुन ।उक्त प्रतिस्पर्धामा कोरिया, हङकङ, सिङ्गापुर, फिलिपिन्स, इण्डोनेसिया गरी २१ राष्ट्रको सहभागिता थियो । 

नेपालको उसु इतिहासमा अन्तर्राष्ट्रिय याउँलो पदक प्राप्त भएको यो पहिलो पटक हो । हमालको जितसँगै जापानमा अक्टुबरमा हुने उसु वल्र्ड गेम्स र २०औँ एसिया गेम्समा पदक दिलाउने सम्भावना मजबुत भएको नेपाल उसु महासंघका महासचिव तथा टीम नेता लाक्पा छिरिङ लामाले बताए ।

 

यसैगरी सान्सौ विधामा ९० केजी तौल समूहका किरण सावद तथा महिलातर्फ ६५ केपी समूहका लुमन्ती श्रेष्ठले पनि कास्य पदक दिलाएका छन् । अन्य प्रतिस्पर्धामा नेपालको उल्लेख्य सफलता हासिल गर्ने टीम नेता लामाको विश्वास छ । 

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १ : २३ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर