निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा उम्मेदवार लिम्बूलाई के हुन्छ कारबाही ? « Khabarhub

निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा उम्मेदवार लिम्बूलाई के हुन्छ कारबाही ?

‘कसुरको मात्रा हेरेर कारबाही हुन्छ’ : आयोग


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

इलाम – इलाम-२ मा भइरहेको उपनिर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार मिलन लिम्बूलाई कसुरको मात्रा हेरेर कारबाही हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

रास्वपा उम्मेदवार लिम्बूले आज (शनिबार) भइरहेको उपनिर्वाचन मतदान क्रममा पार्टीको निर्वाचन चिह्न अंकित घण्टीको लोगो भएको ब्याच लगाएर मतदान गरेका थिए ।

उनले पार्टीको चुनाव चिह्न प्रष्ट देखिने ब्याच कोटको कलरमा झुण्ड्याएर इलामको माङसेबुङ-२, दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको मतदान स्थलको ‘ख’ केन्द्रमा भोट खसालेका थिए ।

निर्वाचन आंचारहिताको १८ नम्बर बुँदाको ‘क’ मा राजनीति दल र उम्मेदवार प्रतिनिधिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन र ब्याच लगाउन नहुने स्पष्ट लेखिएको छ ।

इलाम-२ मा रास्वपा उम्मेदवार लिम्बूद्वारा आचारसंहिता उल्लङ्घन

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लिम्बूलाई जिल्ला निर्वाचन कार्यालयले सिफारिस गरेबमाेजिम कारबाही हुने बताए । उनले भने, ‘आचारसंहिताको उल्लङ्घन गर्नेलाई कसुरको मात्र हेरी कारबाही हुन्छ । आचारसंहिता उल्लङ्घनबारे कसुर अनुसार कारबाही हुने भनी लेखिएको छ ।’

थपलियाका अनुसार मतदान सकिएपछि, नतिजा सार्वजनिक भएपछि या विजयी भइसकेपछि पनि जिल्लाको सिफारिसबमोजिम निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही हुनेछ ।

यता जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले लिम्बूलाई स्पष्टीकरण सोधिसकेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १ : ५७ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल