धनुषाका एक सय ७३ साना उद्योग तथा व्यवसाय बन्द « Khabarhub

धनुषाका एक सय ७३ साना उद्योग तथा व्यवसाय बन्द


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

जनकपुर– आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०-८१ को नौ महिनामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्त उद्योग तथा व्यवसाय बन्द भएका हुन् । ती उद्योगमा कार्यरत करिब दुई हजार मजदुर बेरोजगार भएका छन् ।  उद्योग बन्द हुँदा करोडौँ घाटा भएको छ ।

कार्यालयबाट प्राप्त विवरणअनुसार उद्योगतर्फ ६० र वाणिज्यतर्फ एक सय १३ उद्योग तथा व्यवसाय बन्द भएको हो । बन्द भएका ती उद्योगहरुको बन्द हुनु अघि उत्पादित सामग्री समेत बिक्री भएको छैन । 

कार्यालयका सूचना अधिकारी मुकेश कर्णका अनुसार चालु आवको चैत मसान्तसम्म छ सय ६२ वटा नयाँ उद्योग दर्ता भएका छन् । एक हजार छ सय दुई उद्योग नवीकरण भएका छन् । 

यसैगरी, वाणिज्यतर्फ सात सय ३४ वटा व्यावसायिक फर्म नवीकरण तथा आठ सय ३७ नयाँ व्यावसायिक फर्म दर्ता भएका छन् ।

उद्योग दर्ता तथा नवीकरणबापत कार्यालयले रु २४ लाख ११ हजार पाँच सय ३० राजस्व संकलन गरेको छ । वाणिज्यतर्फ दर्ता र नवीकरणबापत रु ५० लाख तीन हजार सात सय ७० गरी कूल ७४ लाख १५ हजार तीन सय राजस्व संकलन गरेको छ ।

कोरोना महामारीको विश्वव्यापी असर, बैंकको ब्याजदरमा वृद्धि तथा आर्थिक तरलताका कारण उद्योगहरू बन्द भइरहेको घरेलु कार्यालयका प्रमुख किशोरीशरण यादवको भनाइ छ ।

व्यवसाय बन्द भएपछि बेरोजगारी बढ्नुका साथै जनकपुरमा व्यावसायिक सटरहरु खाली गरी व्यापारी पलायन हुन थालेका छन् । गत आव २०७९-८० मा दर्ता भएका उद्योगहरुमध्ये साना उद्योग पाँच सय ३६, लघु उद्योग पाँच सय ९१ तथा घरेलु उद्योग एक गरी एक हजार एक सय २८ उद्योग दर्ता भई सञ्चालनमा थिए । उद्योगहरूको स्थिर तथा चालु पूँजी रु तीन अर्ब ५५ करोड ८२ लाख ११ हजार नौ सय ९९ रहेको जनाइएको छ । 

बजेट अभावका कारण घरेलु कार्यालयले समेत सीपमूलक तालिमहरू सञ्चालन गर्न सकेको छैन । 

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ३ : १८ बजे

शिखर पावर डेभलपमेन्टले ३२ लाख कित्ता आईपिओको लागि पायो स्वीकृति

काठमाडौं– शिखर पावर डेभलपमेन्ट लिमिटेडले ३२ लाख कित्ता प्रारम्भिक सार्वजनिक

टिकटकमा भाइरल हुने भोक बोकेका युवाको कथामा ‘भाइरल गोर्खे’ ट्रेलर

काठमाडौं – माघ १ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘भाइरल

चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्छ : राष्ट्रपति सी

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५

फाइवर इन्ट्रानेटबाट सीसीटिभी क्यामरा जडान 

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ ले वडाका बालाजु क्षेत्रबाट

‘हामी तीन भाइ’ चैत १३ बाट प्रदर्शनमा आउने

काठमाडौं – मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ आगामी