बन्दीपुरमा ‘मुख्यमन्त्री नवप्रवर्तन’ कार्यक्रम « Khabarhub

बन्दीपुरमा ‘मुख्यमन्त्री नवप्रवर्तन’ कार्यक्रम


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

तनहुँ–  बन्दीपुर गाउँपालिकामा  ‘मुख्यमन्त्री नवप्रवर्तन’ कार्यक्रम सुरु गरिएको छ । उक्त कार्यक्रम अन्तर्गत पर्यटन प्रवर्द्धनको काम गर्न गण्डकी प्रदेश सरकारले गाउँपालिकालाई परिपत्र गरेको छ । 

‘पहाडकी रानी’ उपनाउँले परिचित यस क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भौतिक संरचना निर्माण गर्न लागेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए। 

गत माघ २६ गते गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय पोखरा र गाउँपालिकाबीच सम्झौता भएको थियो । उनले भने, ‘प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा यस क्षेत्रका पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने गरी काम गर्न लागेका हौँ ।’

मुख्यमन्त्री कार्यालय पोखराबाट रु ७५ लाख र गाउँपालिकाबाट २८ लाख ९५ हजार तीन सय गरी कूल एक करोड तीन लाख ९५ हजार तीन सय बजेट विनियोजन गरिएको छ । 

बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि नमुना कार्यक्रमअन्तर्गत ‘कल्चर’, ‘एडभेन्चर’ र ‘नेचर’ गरी तीन क्षेत्रमा कार्यक्रम गरिनेछ । उहाँका अनुसार चालु आर्थिक वर्षको असार १५ गतेभित्र काम सम्पन्न गर्नुपर्नेछ । 

गाउँपालिका-१, २ र ४ मा पर्यटन प्रवर्द्धनका काम गरिनेछ । अध्यक्ष थापाले विशेषगरी बन्दीपुरबाट सिद्वगुफा जाने बाटोमा सिँढी निर्माण कार्यलाई प्राथामिकता दिइएको जानकारी दिए । एसियाकै ठूलो दाबी गरिएको यस गुफा हेर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । 

बन्दीपुर क्षेत्रमा सौन्दर्यीकरणका काम गरिनेछ । बन्दीपुर बजार क्षेत्रमा फूलसहितको गमला राखेर सुन्दर र आकर्षण क्षेत्र बनाउने योजना छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ५ : २१ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर