इलाममा कसले जित्ला ? ‘एक्जिट पोल’ नै रद्द ! | Khabarhub Khabarhub

इलाममा कसले जित्ला ? ‘एक्जिट पोल’ नै रद्द !


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तरराष्ट्रिय अभ्यास अनुसार चुनावको सर्वेक्षण दुई किसिमबाट हुन्छ ।

पहिलो – मतदानअघि नै कसको अवस्था के छ भनेर गरिने ‘प्रि–इलेक्सन सर्भे’ र दोस्रो –  मतदान भइरहेका बेला सीमित मतदाताहरूसँग ‘स्याम्पल’ संकलन गरेर मतदान सकिएको केही घण्टाभित्रै नतिजा सार्वजनिक गर्ने गरी ‘पोष्ट इलेक्सन सर्भे’ ।

‘पोष्ट इलेक्सन सर्भे’लाई ‘एक्जिट पोल’ पनि भन्ने गरिन्छ । भारतमा पनि यस्तो ‘एक्जिट पोल’ को प्रचलन छ । जारी लोकसभा चुनाव अन्तर्गत सातै चरणका मतदान सकिएपछि त्यहाँ ‘एक्जिट पोल’का नतिजाहरू सार्वजनिक हुने गर्दछन् ।

इलाम क्षेत्र नम्बर २ मा शनिबार साँझ मतदान सकिएको छ । मतदान नहुँदै केही साता पहिले नै कतिपय मिडियाले नेकपा (एमाले) ले जित्ने जनाउँदै सर्वेक्षण नतिजा सार्वजनिक गरेका थिए ।

तर, यसरी प्रि-इलेक्सन सर्वेक्षण सार्वजनिक गर्ने मिडियाविरुद्ध निर्वाचन आयोगमा उजुरीसमेत परेको थियो । लगत्तै प्रेस काउन्सिलले उक्त मिडियालाई स्पटीकरण सोधेको बुझिएको छ ।

यसै सन्दर्भमा विगतमा ‘पोष्ट इलेक्सन सर्भे’ गर्दै आएको काठमाडौंस्थित ‘मिडिया आउटलेट’ नामक व्यवसायिक संस्थाले शनिबार इलाम क्षेत्र नम्बर २ मा ‘पोष्ट इलेक्सन सर्भे’ सुरु गरेको थियो । तर, प्रहरीले इलाम बजारमा उक्त सर्वेक्षणलाई रोकेको छ ।

प्रहरीको हस्तक्षेपका कारण आफूले गर्न लागेको सर्वेक्षण सफल हुन नपाएको मिडिया आउटलेटका सञ्चालक अरुण लम्सालले खबरहबलाई बताए ।

मिडिया आउटलेटका सञ्चालक अरुण लम्साल

‘इलाम नगरपालिकामा मात्रै २८ प्रतिशत मतदाता छन् । यहीँको नमूना संकलन गर्न नपाएपछि अरू ठाउँको मात्रै ‘स्याम्पल’ लिएर सही निष्कर्षमा पुग्न नसकिने भयो,’ लम्सालले भने, ‘तसर्थ आज हामीले गर्न लागेको एक्जिट पोल सफल हुन पाएन ।’

सर्वेक्षणका लागि नमूना मतपत्र दिएर पठाइएका स्टाफहरुले सतर्कता अपनाउन नसक्दा प्रहरीले अभियानलाई रोकेको लम्साल बताउँछन् । प्रहरीले नमूना मतदानको बाक्सा र कर्मचारीका आइडी कार्डसमेत जफत गरेको उनले बताए । लम्सालले भने, ‘इलाम जिल्ला प्रहरी कार्यालयमा गएर मैले कुरा गरेपछि कार्डहरू फिर्ता पाइयो, तर नमूना मतपत्र र बाक्सा भने फिर्ता भएन ।’

निर्वाचनको समयमा मत सर्वेक्षण गर्ने प्रचलन संसारभरि नै रहेको बताउँदै लम्सालले यसमा प्रशासनले रोक लगाएकोमा असन्तोष प्रकट गरे ।

उता प्रहरीले भने मतदान केन्द्रभित्रै गएर नमूना मतपत्रमा मत हाल्न लगाएको भेटिएपछि रोकिएको जनाएको छ ।

आफूले खटाएका सर्वेक्षकहरूले स्थान छनोटमा कमजोरी गरेको लम्सालले स्वीकारे । उनले भने, ‘मतदानस्थल भन्दा अलि टाढै बसेर स्याम्पल कलेक्सन गर्नुपर्ने थियो, त्यसमा त्रुटि भयो ।’

तर, आफूले गर्न लागेको व्यवसायिक सर्वेक्षणलाई ‘नक्कली मतपत्र बाँडेको’ भन्दै प्रशासनले मिडियालाई भ्रामक खबर सम्प्रेषण गरेको लम्सालको गुनासो छ ।

२०७९ सालको स्थानीय चुनावमा एक्जिट पोलका लागि खटिएका मिडिया आउटलेटका कर्मचारीहरु

आफूले विगतमा पनि यसैगरी सर्वेक्षण गर्दै आएको लम्सालले बताए । ०७९ सालको स्थानीय चुनावमा आफूले गरेको ‘एक्जिट पोल’ को नतिजा सही आएको उनले सुनाए ।

इलाम क्षेत्र नम्बर २ मा एक्जिट पोल गर्न पाएको भए ‘कसले जित्छ ?’ भनेर आजै घोषणा गर्ने तयारी रहेको उनले बताए । लम्सालले भने, ‘इलाम नगरपालिकाका तीन ठाउँमा अवरोध भएपछि अब नतिजा आकलन गर्न सकिएन ।’

लम्सालले इलामको एक्जिट पोल शनिबार साँझ नै प्रकाशित गर्ने गरी काठमाडौंको एउटा मिडियासँग समझदारीसमेत गरिसकेका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ६ : ५५ बजे

सहकार्यतिर विप्लव, जनार्दन र घनश्याम : वाम ध्रुवीकरणदेखि नयाँ पार्टी निर्माणसम्मै पुग्ने

काठमाडौं- नेकपा माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादी

अहिले देशमा निर्वाचनको वातावरण बन्न नसके पनि एकदिन निर्वाचन हुनै पर्छ : विप्लव

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले कम्युनिष्टहरुलाई

अर्थमन्त्रीले भने- राजस्व चुहावटमा देखिएको कमजोरी आपसी समन्वयबाट समाधान गर्नुपर्छ

वीरगञ्ज– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका निकायसँग

लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न चिनियाँ व्यवसायीलाई मल्लको आग्रह 

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले लगानी,

लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु

लमजुङ– लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ