युक्रेनलाई शक्तिशाली प्याट्रियट इन्टरसेप्टर दिने अमेरिकाको घोषणा « Khabarhub

युक्रेनलाई शक्तिशाली प्याट्रियट इन्टरसेप्टर दिने अमेरिकाको घोषणा


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहयोग दिने घोषणा गरेको छ ।

यस अन्तर्गत अमेरिकाले युक्रेनलाई ६ अर्ब डलरको सैन्य सहायता उपलब्ध गराउने छ, जसमार्फत युक्रेनले हतियार खरिद गर्नेछ, जसमा प्याट्रियट इन्टरसेप्टर र नासाम्स एयर डिफेन्स सिस्टम समावेश छ । 

उनीहरुको सहयोगले युक्रेनलाई रुसी हवाई आक्रमणबाट बच्न निकै सहयोग पुग्ने छ । युक्रेनले लामो समयदेखि प्याट्रियट मिसाइल प्रणाली उपलब्ध गराउन माग गर्दै आएको थियो ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शनिबार युक्रेनलाई सैन्य सहयोग गर्ने घोषणा गरेका छन् । यो सहयोग युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभ (युएसएआई) अन्तर्गत दिइएको हो, जसको सहयोगमा युक्रेनले अमेरिकी कम्पनीहरुबाट नयाँ हतियार प्राप्त गर्नेछ । 

पेन्टागनमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अस्टिनले यो अहिलेसम्मकै ठूलो सैन्य सहायता भएको र युक्रेनलाई छिट्टै हतियार आपूर्ति गरिने बताए । यस सैन्य सहायता अन्तर्गत युक्रेनले अमेरिकाबाट एन्टी-ड्रोन प्रणाली, आधुनिक हतियार र हावाबाट जमिनमा मार हान्ने हतियार पाउनेछ।

अमेरिकाले युक्रेनलाई ६० अर्ब डलरको सहायता प्याकेज घोषणा गरेको थियो । यो ६ अर्ब डलरको सैन्य सहायता पनि त्यही प्याकेजको हिस्सा हो । यो सहयोगले युक्रेनलाई रुस विरुद्धको लडाइमा धेरै मद्दत गर्नेछ । खासगरी युक्रेनले अमेरिकाबाट हवाई प्रतिरक्षा प्रणाली अन्तर्गत प्याट्रियट मिसाइल र नासाम्स एयर डिफेन्स सिस्टम पनि पाउनेछ ।

 युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाको सैन्य सहयोगमा खुसी व्यक्त गरे तर यो पनि भने कि उनीहरूलाई अझै पनि रूसी हवाई आक्रमणको सामना गर्न थप वायु रक्षा प्रणाली आवश्यक छ ।

अस्टिनले विगत दुई वर्षमा युक्रेनलाई ७० मध्यमदेखि लामो दूरीको हवाई प्रतिरक्षा प्रणाली, हजारौं क्षेप्यास्त्र, तीन हजार बख्तरबन्द गाडीका साथै ८०० ट्याङ्क र १० हजार ट्यांक विरोधी मिसाइलहरू दिएको अस्टिनले बताए । साथै, युक्रेनले चाँडै एफ-१६ लडाकु विमानहरू प्राप्त गर्नेछ । 

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ५ : ३९ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल