इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी « Khabarhub

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म जम्मा हुने भएको छ । निर्वाचन आयोगले सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको जानकारी दिएको छ ।

इलाम–२ मा इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा मतगणनाको तयारी गरिदै छ । आयोगका अनुसार राति ११ बजेसम्म सबै मतपेटिका मतगणना स्थलमा आइपुग्ने छन् । त्यसपछि रातिनै मत गणना शुरु हुने छ ।

जिल्ला निर्वाचन अधिकृत देवीचरण फुँयाले खबरहबसँग भने, ‘सबै राजनीतिक दलसहित हामी गौतमबुद्ध सभासलमा छौं । माङ्सेबुङ , चुलाचुली, माइ नगरपालिका र फाक्फोकथुमको फुयतपा पाटोको मत पेटीका कुरेर बसेका छौं । अझै २ घण्टा भन्दा ज्यादा समय लाग्छ होला ।’

मतगणनाको परिणाम डिस्प्लेमा देखाउने तयारी भइरहेको निर्वाचन अधिकृत फुँयाले जानकारी दिए ।

इलाम–२मा शनिबार भएकाे मतदानमा जम्माजम्मी ५८ प्रतिशत मत खसेको छ । गत ०७९ को निर्वाचनमा ५९.७८ प्रतिशत मतदान भएको थियो । निर्वाचन आयोगका अनुसार इलाम २ मा एक लाख १६ हजार ८८९ मतदाता छन् ।

यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवारले चुनावी प्रतिष्पर्धा गरेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ९ : २० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार