कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता | Khabarhub Khabarhub

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा आज एकै दिनमा डेढ लाखभन्दा बढी भक्तजन सहभागी भएका छन् ।

महाकुम्भ मेला मूल आयोजक समितिका सचिव चन्द्र मगरले आज अहिलेसम्मकै सबैभन्दा धेरै दर्शनार्थी उपस्थित भएका हुन् । आतबारदेखि शुक्रअन्ध सुरु हुने भएकाले आज यति धेरै दर्शनार्थी सहभागी भएको उनको भनाइ छ ।

मेलामा भक्तजनको घुँइचो बढेपछि सवारी साधन पार्किङका लागि समस्या भएको थियो । मानिसहरुले टाढैबाट पैदल सो स्थानसम्म पुगेका थिए ।आयोजक समितिले एक महिना करिब ३० लाख दर्शनार्थी सहभागी हुने अनुमान गरेर सोहीअनुरुप मेलाको व्यवस्थापन गरेको थियो ।

कुम्भमेलामा बिहानैदेखि दर्शनार्थीको भीड लाग्ने गरेको छ । सप्तकोशीमा स्नान गर्न, कुम्भको दर्शन गर्न, प्रवचन सुन्न र घुमघाम गर्न दर्शनार्थी आइरहेका छन् । कुम्भमा सहभागी हुन नेपालका विभिन्न स्थानसँगै भारतबाट भक्तजन आउने गरेका छन् ।

भारतका इलाहावाद, उज्जैन, नासिक, हरिद्वारमा पनि कुम्भमेला लाग्दै आएको छ । सुनसरीको बराह क्षेत्रमा भने २०५९ सालदेखि कुम्भमेला लाग्न थालेको हो । यहाँ छ–छ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्ण महाकुम्भ मेला लाग्ने गरेको छ ।

हिन्दू धर्मशास्त्रमा बराह क्षेत्रस्थित सप्तकोशी नदी र धरानको पिण्डेश्वर धाम कुम्भमेलासँग जोडिएकाले यो क्षेत्रमा धार्मिकग्रन्थमा उल्लेखित प्रमाणका आधारमा कुम्भमेला लगाउन थालिएको जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले बताए ।

बराह क्षेत्रस्थित चतराधाममा गत चैत २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको महाकुम्भ मेला आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १० : १४ बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ