रफाहस्थित शरणार्थी शिविरमा इजरायलको आक्रमण, दर्जनौँ मारिए | Khabarhub Khabarhub

रफाहस्थित शरणार्थी शिविरमा इजरायलको आक्रमण, दर्जनौँ मारिए


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजलायलले गाजाको रफाह नजिकैको शरणार्थी शिविरमा आक्रमण गरेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शिविरमा भएको विस्फोटमा दर्जनौँ मानिस मारिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।घटनामा थुप्रै घाइते भएका छन् । मृत्यु हुनेमा महिला र बालबालिका धेरै रहेको बताइएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले उक्त क्षेत्रमा हमासको कम्पाउण्डलाई लक्षित गरी हवाई हमला गरेको बताएको छ। घटनाको समीक्षा भइरहेको जनाइएको छ ।

अघिल्लो दिन हमासले रफाहबाट तेल अवीवतर्फ ८ वटा रकेट प्रहार गरेको थियो, जुन जनवरीयताको पहिलो लामो दूरीको आक्रमण हो।

दक्षिणी गाजा पट्टीबाट प्राप्त भिडियोहरूमा ठूलो विस्फोट र आगो लागेको देखिएको छ ।

विस्थापित प्यालेस्टाइनीहरू रहेको रफाहको उत्तर–पश्चिमस्थित शिविरमा इजरायले आक्रमण गरेको हमासले बताएको छ ।

संयुक्त राष्ट्रसंघले आक्रमण सुरु भएदेखि नै रफाहबाट ८ लाखभन्दा बढी प्यालेस्टाइनीहरू विस्थापित भएको जनाएको छ । गाजाको अन्य क्षेत्रबाट रफाहमा करिब १५ लाख मानिसले आश्रय लिएका थिए ।

गत अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले अकस्मात आक्रमण गर्दा करिब १२ सय इजरायली नागरिक मारिएका थिए । त्यसपछि इजरायलले गरेको जवाफी आक्रमणमा करिबब ३६ हजार म्यालेस्टिनी मारिएका छन् ।

 

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ६ : ५६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग