सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदै « Khabarhub

सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदै


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिकता सम्बन्धी कसुरमा पक्राउ परी प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले तेस्रो पटक म्याद थपका लागि आज जिल्ला अदालत धनुषामा पेस गर्ने भएको छ ।

यसअघि गत शुक्रवार जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले अनुसन्धानकालागि थप गरेको तीन दिनको समय आज सकिने भएपछि सिरोहियालाई अदालतमा उपस्थित गराउन लागिएको धनुषा प्रहरी प्रवक्ता तथा डिएसपी रंञ्जन अवाले जानकारी दिए।

अनुसन्धान जारी रहेकाले तेस्रोपटक म्याद थपका लागि अदालतमा पेस गर्न लागिएको प्रहरीको भनाइ छ ।

यस्तै, गत मङ्गलवार थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ परेका सिरोहियालाई पहिलोपटक गत बुधवार धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

सिरोहिया गत शुक्रबार उच्च रक्तचाप, मुटु सम्बन्धी समस्या भएपछि अस्पताल भर्ना भएका थिए । उनी अहिले पनि जनकपुरस्थित काव्या अस्पतालमा उपचाररत छन् ।

 

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ९ : ४२ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका