संविधान परिमार्जन गरेर अगाडि बढ्नु पर्छ : डा. शेखर « Khabarhub

संविधान परिमार्जन गरेर अगाडि बढ्नु पर्छ : डा. शेखर


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान परिमार्जन गरेर अगाडि जानुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आयुर्वेद क्याम्पस ईकाइले सोमबार कीर्तिपुरमा नवआगन्तुक विद्यार्थीहरुलाई गरेको स्वागत कार्यक्रम सम्बोधन गर्दै उनले संविधान परिमार्जन गरेर अगाडि जानु पर्नेमा जोड दिएका हुन् ।

‘केही साथीहरु संविधान संशोधन गरियो भने पेन्डोरा बक्स खुल्छ भन्नुहुन्छ । संविधान जारी गर्ने बेला पनि यही कुराहरु गरिएको थियो,’ कोइरालाले भने, ‘अहिले संविधान जारी गरियो भने अप्ठ्यारो परिस्थितिमा पर्छौं भनिएको थियो । तर, हामीले संविधान जारी ग¥यौँ, चल्दैछ । यसमा परिमार्जन गरेर अगाडि जानु पर्नेछ ।’

मुलुकमा भ्रष्टाचारले अत्यन्तै अप्ठ्यारो परिस्थिति सिर्जना गरेको भन्दै उनले राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासन आफ्नोे अभियान भएको बताए ।

‘अहिले देशमा भ्रष्टाचारले अत्यन्त अप्ठ्योरो परिस्थितिमा देशलाई पारेको छ । राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासन यो नै मेरो अभियान हो,’ नेता कोइरालाले भने, ‘यो कुरालाई हामीले गर्न सक्छौँ भन्ने विश्वास मलाई छ । म गर्न सक्छु, हामी गर्न सक्छौँ ।’

उनले आफ्नो अभियानमा नेविसंघको साथको पनि अपेक्षा गरे । ‘नेविसंघका साथीहरुले हामीलाई साथ दिनुहुन्छ, हामी गर्न सक्छौँ भन्ने विश्वास मलाई छ,’ कोइरालाले भने ।

उनले देशमा कुनै पनि कुराहरु ठीक नभएको पनि टिप्पणी गरे ।‘देशमा कुनै पनि कुरा ठीक छैन । सरकार ठीक छैन, नीतिहरु ठीक छैन,’ नेता कोइरालाले भने ।

कोइरालाले जनताले सहकारीमा गरेको बचत हिनामिना हुँदा पनि सरकार मूकदर्शक बनेर बसिरहेको बताए ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ११ : २९ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले