एमालेले भन्यो : अध्यक्ष ओलीबारेका जथाभावी आरोपमा कांग्रेसले लिखित माफी माग्नुपर्छ « Khabarhub

एमालेले भन्यो : अध्यक्ष ओलीबारेका जथाभावी आरोपमा कांग्रेसले लिखित माफी माग्नुपर्छ


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सत्ता साझेदार नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लगाएको आरोपमा कांग्रेसले लिखित रुपमा क्षमायाचना र सार्वजनिक रुपमा माफी माग्नु पर्ने बताएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुको बैठकपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष ओलीमाथि लगाइएका आधारहीन लाञ्छनाप्रति कांग्रेसले लिखित क्षमायाचना र सार्वजनिक रुपमा माफी माग्नु पर्ने बताएका हुन् ।

‘नेपाली कांग्रेसले नेकपा एमालेका विरुद्धमा, श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जुन प्रकारका अराजनीतिक पूर्वाग्रहीपूर्ण आरोप लगाइरहेको छ,’ उनले भने, ‘कांग्रेसले यो आरोपका प्रति लिखित रुपमा क्षमायाचना गर्नु पर्दछ । सार्वजनिक रुपमा माफी माग्नु पर्दछ ।’

पौडेलले कांग्रेस सहमतिको पक्ष मै नभएको पनि दाबी गरे । उपाध्यक्ष पौडेलले कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता नलिए प्रतिवादमा उत्रिनेसमेत चेतावनी दिए ।

‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले संकेत गरिरहेका छन् । अनुचित र पूर्वाग्रह आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको छ,’ उनले भने, ‘एमालेका विरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाउँदै हिँडेको छ । यस्तो लाञ्छनाबाट पछि हट्न आवश्यक छ। कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैन भने हामी प्रतिवादमा उत्रिन्छौँ ।’

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  १२ : ५० बजे

आज २०८३ साल भदौ १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका