एमालेले भन्यो : अध्यक्ष ओलीबारेका जथाभावी आरोपमा कांग्रेसले लिखित माफी माग्नुपर्छ « Khabarhub

एमालेले भन्यो : अध्यक्ष ओलीबारेका जथाभावी आरोपमा कांग्रेसले लिखित माफी माग्नुपर्छ


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सत्ता साझेदार नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लगाएको आरोपमा कांग्रेसले लिखित रुपमा क्षमायाचना र सार्वजनिक रुपमा माफी माग्नु पर्ने बताएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुको बैठकपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष ओलीमाथि लगाइएका आधारहीन लाञ्छनाप्रति कांग्रेसले लिखित क्षमायाचना र सार्वजनिक रुपमा माफी माग्नु पर्ने बताएका हुन् ।

‘नेपाली कांग्रेसले नेकपा एमालेका विरुद्धमा, श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जुन प्रकारका अराजनीतिक पूर्वाग्रहीपूर्ण आरोप लगाइरहेको छ,’ उनले भने, ‘कांग्रेसले यो आरोपका प्रति लिखित रुपमा क्षमायाचना गर्नु पर्दछ । सार्वजनिक रुपमा माफी माग्नु पर्दछ ।’

पौडेलले कांग्रेस सहमतिको पक्ष मै नभएको पनि दाबी गरे । उपाध्यक्ष पौडेलले कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता नलिए प्रतिवादमा उत्रिनेसमेत चेतावनी दिए ।

‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले संकेत गरिरहेका छन् । अनुचित र पूर्वाग्रह आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको छ,’ उनले भने, ‘एमालेका विरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाउँदै हिँडेको छ । यस्तो लाञ्छनाबाट पछि हट्न आवश्यक छ। कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैन भने हामी प्रतिवादमा उत्रिन्छौँ ।’

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  १२ : ५० बजे

आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै

काठमाडौं– आज विश्वका विभिन्न मुलकमा अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै छ

गलकोट दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

बागलुङ– एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोनक

कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता

कर्णाली– कर्णाली प्रदेश सरकारसहित सरोकार भएकाहरूले प्रदेशको विकासका लागि पाँच

दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै : सन्दीपको बलिङलाई कसले रोक्ने ?

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स

मनोनयन दर्ता गर्दा उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने

काठमाडौं – अब निर्वाचन अगाडि मनोनयन पदत्र दर्ता गर्दा उम्मेदवारले