‘पुजार सार्की’ले जापानमा नयाँ रेकर्ड कायम गरेको वितरकको दाबी « Khabarhub

‘पुजार सार्की’ले जापानमा नयाँ रेकर्ड कायम गरेको वितरकको दाबी


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘पुजार सार्की’ जापानका दर्शकलाई देखाउन नायक पल शाह अहिले जापानमा छन् । नाकानो जेरो हलमा आइतबार उनले दर्शकसँगै बसेर फिल्म हेरेका थिए । 

नेपालमा मात्रै नभएरले यो फिल्मले जापानमा समेत दर्शकबाट राम्रो साथ पाइरहेको छ ।  जापानमा प्रदर्शनको अधिकार पाएको ‘लाइफ अफ फ्रेन्ड गुप्र’का अनुसार  आइतबारको शो करिब १५ सय दर्शकहरूले हेरेका थिए । जुन नेपाली फिल्मका लागि ऐतिहासिक घटना भएको वितरको दाबी छ । 

‘लाइफ अफ फ्रेन्ड गुप्र’ खिमराज शाह भन्छन्, ‘जापानमा यति धेरै दर्शकले एउटा शो हरेको यो ऐतिहासिक घटना हो । हलको सिट क्षमता १२ सय जनाको हो, तर १५ भन्दा धेरै दर्शक भएपछि उभिएर र भुईँमै बसेर फिल्म हेरे।’ व्यवस्थापनले राख्न नमान्दा पनि दर्शकहरू हलबाट निस्किन नमानेको बाध्य भएर शो सञ्चालन गरिएको उनको भनाइ छ। 

शाहका अनुसार जापानमा अन्य चार वटा शोहरू तय भइसकेका छन् । यसअघि सोही हलमा फिल्म ‘कबड्डी-४‘को एक शो करिब १२ सय दर्शकले हेरेका थिए । जुन रेकर्ड ‘पुजार सार्की’ले तोडेको वितरकले दाबी गरेका हुन्। 

दिनेश राउतले निर्देशन गरेको यो चलचित्रमा पलसहित आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ। फिल्म विकास सुबेदीले लेखेका हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा सुबास भुसालले निर्माण गरेको ‘पुजार सार्की’को अन्तर्राष्ट्रिय वितरक एमएसएम इन्टरटेनमेन्ट हो ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  २ : २४ बजे

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको